भरतपुर, २७ भदौ
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुईजना सैनिकको मृत्यु भएको छ । कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको बिहान मृत्यु भएको हो ।
गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रबक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।
सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले बताए ।




