कोरोना संक्रमित कुन जिल्लामा कति थपिए ?

काठमाडौँ, २७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओखलढुंगाका १, झापाका १, मोरङका ५८, सुनसरीका १४, धनुषाका […]
कोरोनाबाट ज्यान गुमाउने ३३६ पुगे

काठमाडौँ, २७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ११ पुरुष र तीन महिला छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ। सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौँका ७६ वर्षीया महिला तथा ५१ र ५४ वर्षीय […]
महतो दिदीबहिनीका लागि घर बनाइँदै

चितवन, २७ भदौ । छाप्रोमा कष्टकर जीवन विताउँदै आएका कालिका नगरपालिका ५ निवासी मुसनी महतो र फोहरी महतोका लागि समाजसेवी टोलीले घर निर्माण सुरु गरेका छन् । खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेल सहितको टोलीले विकासशील टोलमा छाप्रोमा वस्दै आएका महतो दिदीबनिीका लागि घर निर्माण सुरु गरेका हुन् । उनीहरूको बसोबासका लागि बहिनीहरू एतरिया महतो र […]
पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु, १२०२ थपिए

भरतपुर, २७ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना संक्रमितको कूल संख्या ५३ हजार १२० पुगेको छ । […]
कोरोना जित्न १६ घण्टा उपवास, योग र प्राकृतिक खानपान

भरतपुर, २७ भदौ आँपटारीबाट एककिलोमिटर देवघाटतर्फ लम्किएपछि दाहिनेपट्टि सडक किनारमै छन् करिव दुई दर्जन घर । अघिपछि खाली प्रायः हुने बागेश्वरी क्षेत्रका ती घरलाई कालीबहादुर दल गण भरतपुरका सैनिकले सुरक्षा दिइरहेका देखिन्छन् । शुक्रबार दिउँसो त्यहाँ पुग्दा त्यहाँ बसेकाहरूको दैनिकी सामान्य लाग्दैनथ्यो । कोही एक्लै त कोही सानो समूहमा केही गरिरहेका देखिन्थे । उनीहरूले मोबाईल […]
प्राथमिक उपचार अपरिहार्य

भरतपुर, २७ भदौ । हरेक वर्ष सेम्टेम्बर महिनाको १२ तारिखलाई प्राथमिक उपचार दिवसको रूपमा मनाउने गरिन्छ । कुनै पनि दुर्घटनामा घाइते हुनेलाई बचाउन प्राथमिक उपचारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । नेपालमा पनि हरेक वर्ष सयौँ जनाले सडकमा हुने दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा घाइते बन्न पुगेकाहरूलाई सामान्य प्राथमिक उपचार प्रदान गर्ने हो […]
शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिकको करेन्ट लागेर मृत्यु

भरतपुर, २७ भदौ रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुईजना सैनिकको मृत्यु भएको छ । कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको बिहान मृत्यु भएको हो । गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रबक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए । […]
देवचुलीमा एकैदिन ३४ संक्रमित थपिए

भरतपुर, २७ भदौ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शनिबार सोही नगरपालिकाका ६ जना कर्मचारी सहति ३४ जनामा एकैपटक संक्रमण पुष्टि भएको छ । केही दिन अगाडि देवचुली नगरपालिकाको एक जना सवारी चालकमा संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय नै शिल गरिएको थियो । देवचुली नगरपालिकाका कार्यालयका ३ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको […]
एकदिवसीय शृंखलामा अष्ट्रेलियालाई अग्रता

भरतपुर, २७ भदौ । अस्ट्रेलिया र इंगल्याण्डबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको छ । शुक्रबार खेलिएको खेलमा उसले घरेलु टोलीलाई १९ रनले पराजित गरेको हो । जीतका लागि २९५ रनको लक्ष्य पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २७५ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलउडको घातक बलिङको […]
अब `मोफसल पीडा´ कम भैसकेको छ- कवि राधा कोइराला

राधा कोइराला प्राध्यापन गर्छिन् । साहित्यिक परिवारमा हुर्किएकी कोइरालामा कविता लेखनको रुचि २०५० को वरपर जागेको हो । विभिन्न पत्रपत्रिकामा उनका फुटकर कविता, गजल र कथा प्रकाशित छन् । गद्य र पद्य दुवै ढाँचामा कविता लेख्ने कोइरालाको ‘जीवनको पाठशाला’ कवितासङ्ग्रह प्रजाशनको संघारमा छ । चितवन साहित्य परिषद्ले प्रकाशन गरेको उक्त काव्य कृतिका सन्दर्भमा कोइरालासँग गरिएको छोटो […]
चितवनमा एकै दिन ८७ जनामा कोरोना पुष्टि, भरतपुर हटस्पट बन्दै

भरतपुर, २७ भदौ । केही दिन संक्रमणको दर घटेको चितवनमा पुन: कोरोना भाइरसको संक्रमण बढेको छ । शुक्रबार ७१ जनामा कोरोना पोजेटिभ देखिएकोमा शनिबार बिहान सार्वजनिक विवरणमा जिल्लाका थप ८७ जनामा पोजिटिभ देखिएको छ । भरतपुर अस्पताल मातहतमा रहेको भरतपुर कोभिड १९ परिक्षण प्रयोगशालामा शुक्रबार राती १२ बजे सम्म ५३३ नमुना परिक्षण गरिएकोमा ८७ जनामा […]