चेपाङ युवकको शव पोष्टमार्टमका लागि काठमाडौं लगिने

भरतपुर, ११ साउन
सेनाको कुटाईका कारण मृत्यु भएको भनिएका चितवन राप्तीका चेपाङ युवकको शव पोष्टमार्टमका लागि काठमाडौं लगिने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वर्तापछि शव पोष्टमार्टम गर्न परिवार सहमत भएका हुन् ।

साउन १ गते निकुञ्ज भित्रको खोलामा माछा मार्न गएको बेलामा सेनाको कुटाइबाट राप्ती नगरपालिका–२ गड्यौलीका राजकुमार चेपाङसहित ५ जना घाइते भएका थिए । राजकुमारको सात दिन पछि भरतपुर अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि मात्र परिवारजन र अन्य घाइतेहरुले सेनाबाट कुटाई खाएको सार्वजनिक गरेका थिए ।

आइतबार भएको वार्तामा राजकुमार चेपाङको परिवार बस्दै आएको घर चितवन राष्ट्रिय निकुञ्जले बनाइदिने, उनकी डेढ वर्षीया छोरीका लागि मासिक एक हजार रुपैयाँ जम्मा गरिदिने र मृतककी श्रीमतीलाई क्षमताअनुसारको राजगारी दिने सहमति भएको घटनाका घाइते सन्तलाल प्रजाले बताए ।

चितवन प्रहरीका प्रबक्त डीएसपी सूर्य थापाले मृतकको शव पोष्टमार्टमका लागि काठमाडौं लैजान लागिएको बताए । “यो घटनाको विषयमा पत्ता लगाउने एक्सपर्ट चितवनमा नरहेको भन्ने कुरा अयो । त्यसैले शवलाई काठमाडौं लगेर पोष्टमार्टम गरिँदैछ”, उनले भने । मृतकका परिवार, प्रशासन, निकुञ्जबीचको सहमतिबारे जानकारी नभएको उनले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट