चेपाङ युवकको शव पोष्टमार्टमका लागि काठमाडौं लगिने

भरतपुर, ११ साउन सेनाको कुटाईका कारण मृत्यु भएको भनिएका चितवन राप्तीका चेपाङ युवकको शव पोष्टमार्टमका लागि काठमाडौं लगिने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वर्तापछि शव पोष्टमार्टम गर्न परिवार सहमत भएका हुन् । साउन १ गते निकुञ्ज भित्रको खोलामा माछा मार्न गएको बेलामा सेनाको कुटाइबाट राप्ती नगरपालिका–२ गड्यौलीका राजकुमार चेपाङसहित ५ जना घाइते […]

थप १३० जनामा कोरोना संक्रमण

काठमाडौं, ११ साउन आइतबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । अहिलेसम्‍म १३ हजार १२८ जना निको भएर घर फर्किसकेका छन् ।

सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी

काठमाडौँ, ११ साउन कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ । सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक परिचालकले पालना गरेका छैनन् । नियामक […]

मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयको निर्देशन

काठमाडौं, ११ साउन कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो । मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी […]

कोइरालाको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति

काठमाडौँ, ११ साउन सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले आज सो मुद्दामा पुनरावलोकन गर्न अनुमति दिने आदेश दिएको हो । गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले […]

तीन सातामा माग पूरा नगरे सत्याग्रह गर्ने डा. गोविन्द केसीको चेतावनी

काठमाडौं, ११ साउन डा. गोविन्द केसीले ३ वटा माग राख्दै तीन सातामा पूरा नगरे सत्याग्रह गर्ने चेतावनी दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिगठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसको पढाइ सुरु गर्न, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको […]

हात्ती लगाएर हटाउन खोजिएको कुसुमखोला बस्ती

माडी नगरपालिका–९ स्थित कुसुमखोला । जहाँ चितवन राष्ट्रिय निकुञ्जले हात्ती लगाएर घर भत्कायो । अनि घर जलायो । निकुञ्जले एकातर्फ स्थानान्तरणका लागि बन्दै गरेको बस्तीको निर्माण कार्य रोकेको छ भने वर्षौ देखि चेपाङ समुदाय बस्दै आएको बस्तीमा आगो लगाएर वर्षायाममा घर छाड्न बाध्य पार्दैछ ।

बाढी र पहिराले पृथ्वीराजमार्ग क्षतविक्षत

चितवन, ११ साउन गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत भएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो सडकखण्डको जोगिमारा र धारापानीमा अझै सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । सडक खण्डको […]

सञ्चालनको तयारीमा सौराहाका होटल

भरतपुर/चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् । आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । […]

सोमबारबाट पुनः मौसम सक्रिय हुने

काठमाडौं/आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । यस वर्ष नेपालमा गत जेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा […]

कुसुमखोला त्यागेपनि निकुञ्जले छाडेन

विप्लव काफ्ले राइडाँडा/चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने कुसुमखोला बस्ती स्थानान्तरणमा निकुञ्ज र माडी नगरपालिकाबीचको जुहारी चर्केको छ । नगरपालिकाले बस्ती बसालिरहेका ठाउँमा निकुञ्जले संरचना विकासको काम रोक्न भनेको छ । बाढी, पहिरोको चेपेटामा परेर आश्रय खोज्दै २०४८ सालदेखि कुसुम खोलामा घरहरु बन्न थालेका थिए । वर्षेनी स्थानीयलाई हटाउन खोजेपनि निकुञ्ज असफल बन्दै आएको थियो । […]