मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयको निर्देशन

काठमाडौं, ११ साउन
कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो ।

मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न भनिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ ।

साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ ।

मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट