सत्रकिलोमा पहिरो खसेपछि मुग्लिङ-नारायणगढ सडक पुन: अवरुद्ध

भरतपुर/नारायणगढ-मुग्लिङ सडक खण्डको सत्रकिलोमा पहिरो खसेको छ । मंगलबार बेलुका करिब पौने ८ बजेतिर भरतपुर २९ स्थित सत्रकिलोको लामु बालुवा पुल नजिकै पहिरो खसेको हो ।
पहिरोका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरीका अनुसार अवरुद्ध राजमार्ग तत्काल खुुुुुल्ने सम्भाबना छैन ।
नारायणगढ-मुग्लिङ सडक खण्डको चार किलो डाडामा हिजो बिहान पहिरो जादा अवरुद्ध सडक मंगलबार दिउँसो ४:३० बजे देखि एकतर्फी सुचारु भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट