सत्रकिलोमा पहिरो खसेपछि मुग्लिङ-नारायणगढ सडक पुन: अवरुद्ध

भरतपुर/नारायणगढ-मुग्लिङ सडक खण्डको सत्रकिलोमा पहिरो खसेको छ । मंगलबार बेलुका करिब पौने ८ बजेतिर भरतपुर २९ स्थित सत्रकिलोको लामु बालुवा पुल नजिकै पहिरो खसेको हो । पहिरोका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरीका अनुसार अवरुद्ध राजमार्ग तत्काल खुुुुुल्ने सम्भाबना छैन । नारायणगढ-मुग्लिङ सडक खण्डको चार किलो डाडामा […]
१२० दिनपछि लकडाउन अन्त्य

भरतपुर, ६ साउन सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। ‘आजभरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन,’ खतिवडाले भने, ‘कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब यो साउन महिनाभरिको […]
थप पानी परे मौवाखोला सडक भोलि पनि नखुल्ने

भरतपुर, ६ साउन पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई. कृष्णराज अधिकारीले मंगलबार दिनभर र रातभर पनि काम गरिएको बताए । मौवाखोलामा पुलको एक […]
चितवनको रत्ननगरका एक पुरुषमा कोरोना संक्रमण

भरतपुर, ६ साउन चितवनको रत्ननगरका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रत्ननगर–१३ का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनको रत्ननगर अस्पतालबाट स्वाब लिइएको प्रयोगशालाले जनाएको छ । मंगलबार १ सय १२ जनाको नमूना परीक्षण गरिएकोमा बाँकी १ सय ११ जनाको रिपोर्ट […]
पानी परेपछिको आकाश खुलेझैँ…

भरतपुरमा करिब दुई दिनसम्म निरन्तर परेको पानी मंगलबार दिउँसोबाट रोकिएको छ । पानी रोकिएपछि आकाश खुलेको छ भने दिनभर घमाइलो नै देखियो । भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा वर्षा रोकिएपछि देखिएको दृश्य :
मुग्लिङ-नारायणगढ सडक ३६ घण्टापछि एकतर्फी खुल्याे

मुग्लिङ, ६ साउन हिजाेदेखि बन्द रहेकाे मुग्लिङ-नारायणगढ सडक ३६ घण्टापछि एकतर्फी खुलेेकाेे छ । ४ किलाेमा झरेकाे पहिराे लामाे समयकाे प्रयासपछि ३६ घण्टामा एकतर्फी मात्रै खुलाउन सकिएकाे पहिराेस्थलमा रहेका कायाकैरनकर्मी राजेश घिमिरेले जानकारी दिए । उक्त सडकको चारकिलोमा सोमबार बिहानदेखि पहिरो जाँदा यातायात अवरुद्ध भएको थियो । दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि […]
नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै

नवलपरासी, ६ साउन नारायणी नदीमा पानीको बहाब बढ्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी दुवै जिल्लाका नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार नारायणी नदीमा आज बिहान गरिएको पछिल्लो मापनअनुसार १२ दशमलव ३२ मिटर पानी रहेको छ । नदीमा ११ मिटरभन्दा […]
राप्तीको बाढीमा बेपत्ता बोटेको शव भेटियो

खैरहनी, ६ साउन राप्ती नदीमा आएको बाढीमा परेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । खैरहनी नगरपालिका ११ कुमरठ्ठाका २९ बर्षीय राजु बोटेलाई सोमबार बाढीले बगाउदा बेपत्ता भएका थिए । सोमबार अपरान्ह ५ बजे तिर बेपत्ता भएका बोटेको शव मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी […]
नारायणीको बहाव ४४ वर्षको उच्च

चितवन, ६ साउन नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट […]
भरतपुर अस्पतालमा उपचाररत स्क्रब टाइफसका विरामीको मृत्यु

भरतपुर, ६ साउन भरतपुर अस्पतालमा उपचाररत स्क्रब टाइफसका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको आज बिहान मृत्यु भएको […]
राष्ट्रपतिको व्यवहारका कारण राजतन्त्रको जनमत बढ्दै छ : कोइराला

काठमाडौं, ६ साउन नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको बताएका छन् । ३८ औं वीपी स्मृति दिवसका अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गरेको अर्चुअल कार्यक्रममा डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले भण्डारी नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए । यसले गर्दा कमसेकम राजा […]
बुधबारदेखि वर्षा कम हुँदै जाने

काठमाडौं, ६ साउन यस वर्ष मनसुन सुरु भएदेखि हालसम्म औसतभन्दा बढी वर्षा भएको छ । बुधबारदेखि भने पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले दिएको जानकारीअनुसार भोलिदेखि पश्चिममा वर्षा कम हुँदै गए पनि प्रदेश १, २, गण्डकी र बागमती […]
किन अस्ताउँदैछन् बीपी ?

आज साउन ६ गते ३८ औं बीपी स्मृति दिवस, उहाँको सम्झनामा केही लेख्न मन लाग्यो । फेरि मनमा उब्जिरह्यो कि यो सजिलो विषयचाहिँ होइन । म बीपी कोइरालाको नाति पुस्ताको मान्छे, न मैले बीपीलाई देख्न पाउनु, न भोग्न पाउनु । तैपनि उहाँले जन्माएको पार्टी नेपाली कांग्रेसको एउटा साधारण कार्यकर्ताका हैसियतले आँट देखाउनुुपर्ने बाध्यता मलाई छ […]
लकडाउनले निजीस्रोतका शिक्षकलाई बिदा

भरतपुर/कोरोना भाइरस महामारी रोकथाम गरिएको बन्दाबन्दीका कारण आर्थिक अवस्था खस्किएपछि विभिन्न विद्यालयहरु मर्कामा परेका छन् । निजी विद्यालयले त मुख्य आम्दानीको स्रोत शिक्षण शुल्क लिन नपाएपछि सबै शिक्षकलाई बेतलबी बिदा दिन थालेका छन् । सामुदायिकले पनि निजीस्रोत शिक्षकलाई कामविहीन बनाउँदै छन् । भरतपुर महानगरपालिका–४ स्थित श्री माध्यमिक विद्यालयले त्यहाँ कार्यरत तीन जना निजीस्रोतका शिक्षिका र […]
माडीका चेपाङ बिचल्लीमा

भरतपुर/माडी–९ कुसुमखोलाका चेपाङहरुले उचित बसोबासको माग गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुसुमखोलामा २०४७ सालदेखि बस्ती बसेकोे थियो । तर, निकुञ्जले अतिक्रमण गरेर बसेको भन्दै वर्सेनि हटाउन खाजेको थियो । ३ वर्ष पहिलेको बाढीले बालीनाली सखाप परेपछि उचित बसोबासको माग गर्दै वडा कार्यालय पुगेका थिए । “निकुञ्जले कुसुमखोला खाली नगरे घर नै […]
सप्तकोशीको बहाव वर्षकै उच्च

विराटनगर, ६ साउन सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ […]
२०७७ साउन ६ गते मंगलबारको कायाकैरन (Epaper)

मौवाखोला पुलको छेउमा ग्याबिन जाली भरेर मर्मत गरिने

भरतपुर, ६ साउन चितवन र धादिङको सिमानामा पर्ने मौवाखोला पुलको छेउमा भत्किएको सडक ग्याबिन जाली भरेर मर्मत गरिने भएको छ । बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेर सडक सञ्चालन गरिने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । चितवन र धादिङको सिमाना रहेको मौवाखोलाको पुल र सडक जोड्ने १२ मिटर […]
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो हटाइँदै

भरतपुर, ६ साउन नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो हटाउने काम जारी छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने उक्त ठाउँमा केहीबेरदेखि पानी पर्न रोकिएको मौकामा पहिरो हटाउन थालिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । खनालका अनुसार पहिरो झण्डै ५० मिटर लामो छ । सोमबार विहानैबाट अवरुद्ध सडकखण्ड खुलाउन चारवटा डोजर लगाएर काम […]
नारायणी र राप्ती नदीको सतह खतराको तह भन्दा माथि

भरतपुर, ६ साउन नारायणी र राप्ती नदी पानीको सतह निकै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ । नारायणी नदीको जलसतह देवघाटमा ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९.६३ […]