मन्दिरलाई ५० थान कुर्सी

भरतपुर, १४ असार ।
गोरखाको एक दम्पत्तीले स्वर्गीय छोराको स्मृतिमा भरतपुरस्थित गणेशस्थान मन्दिरमा जिन्सी सहयोग गरेका छन् ।
गोरखा फुजेलका चन्द्रकुमारी अधिकारी र भीमप्रसाद अधिकारीले छोरा स्वर्गीय आशीषको स्मृतिमा ५० थान प्लास्टिक कुर्ची गणेशस्थान मन्दिर समिति भरतपुर–११ लाई मंगलबार हस्तान्तरण गरेका हुन् ।


भरतपुर–११ का नवनिर्वाचित वडाधक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुले सो सहयोग हस्तान्तरण गरे । मन्दिरका लागि बहुउपयोगी हुने सो सहयोग गर्न पोखरा बसपार्क निवासी सामाजसेवी कपिल श्रेष्ठ र इजरायलमा कार्यरत गणेशस्थान निवासी लक्ष्मी तिमिल्सिनाले पहल गरेको गणेशस्थान मन्दिर समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट