मन्दिरलाई ५० थान कुर्सी

भरतपुर, १४ असार । गोरखाको एक दम्पत्तीले स्वर्गीय छोराको स्मृतिमा भरतपुरस्थित गणेशस्थान मन्दिरमा जिन्सी सहयोग गरेका छन् । गोरखा फुजेलका चन्द्रकुमारी अधिकारी र भीमप्रसाद अधिकारीले छोरा स्वर्गीय आशीषको स्मृतिमा ५० थान प्लास्टिक कुर्ची गणेशस्थान मन्दिर समिति भरतपुर–११ लाई मंगलबार हस्तान्तरण गरेका हुन् । भरतपुर–११ का नवनिर्वाचित वडाधक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुले सो […]

७०.५ प्रतिशत मत खस्योः निर्वाचन आयोग

काठमाडौं, १४ असार । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् ।   निर्वाचन आयोगका अनुसार ७०.५ प्रतिशत मत खसेको छ । यो पहिलो चरणको तुलानामा साढे २ प्रतिशत कम हो । तर, मध्य वर्षामा भएको चुनावमा ७०.५ प्रतिशत मत खस्नु निकै उत्साहपूर्ण […]

बुथमा हानेको बम हातले समातेर फ्याँक्ने बहादुर प्रहरी

असार १४/दाङको एक मतदान केन्द्रमा बुधबार दिउँसो भएको हमलालाई एक प्रहरी हवल्दारले विफल तुल्याइदिएका छन्। आक्रमणकारीले बम हान्नासाथ प्रहरी हवल्दार दुर्गाबहादुर रानाले ज्यानको जोखिम मोलेर फुर्तीका साथ त्यसलाई आफ्नो हत्केलामा थाप्दै सुरक्षित ठाउँमा मिल्काउँदा मतदान परिसरमा कुनै क्षति हुन पाएन। यो घटना तुलसीपुर-३, अम्बासस्थित आधारभूत निम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा भएको हो। बिहान ७ बजे मतदान […]

नवलपरासीमा निर्बाचन शान्तिपूर्ण ,एउटा मतदान केन्द्रमा दई मत मात्र खस्यो

होमराज रानाभाट । नवलपरासी असार १४ गते । नवलपरासीको प्रदेश नं ५ मा रहेका सात वटा स्थानीय तहमा शान्ति पुर्ण रुपमा निर्बाचन सम्पन्न भएको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको प्रदेश नं ५ मा बिहान सात बजे देखि मतदाताको उत्साहपुर्ण उपस्थिति रहेको थियो भने यहाँ ७० प्रतिशत मतदान भएको निर्बाचन कार्यालयले जनाएको छ […]

दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न

असार १४, दोस्रो चरणको स्थानीय तहको चुनाव अन्तगर्त बुधबार (आज) तीनवटा प्रदेशका ३५ जिल्लामा मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले तोकेको समय विहान सात बजेबाट ५ बजेसम्म मतदान भएको हो । निर्वाचनमा तीनै प्रदेशका मतदाताहरुले उत्साहपूर्ण रुपमा सहभागी भएर मतदान गरेका छन् । यद्यपी  ५ बजेभित्रै लाइनमा बसेका मतदाताले भने  मतदानको पालो नआउन्जेलसम्म मतदान […]

सुडान काण्डका दोषी राणा जेल चलान

१४ असार । सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणा जेल चलान भएका छन् । सुडान घोटालाका आरोपित काठमाडौँ महानगरपालिका–४ कपन मार्ग लोसाल बस्ने राणा आज सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । राणालाई आजै डिल्लीबजार कारागार चलान […]

प्रमको सुरक्षाका लागि गएको जिप दुर्घटना

धनगढी, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको छ । से १ ज १५०३ नं को सो जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएकामा दुई जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुुढा मगरले बताउनुभयो […]

अहिलेसम्म करिब २३ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

१४ असार । निर्वाचन आयोगले अहिलेसम्म २२/२३ प्रतिशत मतदान भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अहिलेसम्म करिब २३ प्रतिशत मत खसेको जानकारी दिएका छन् । शर्माले बर्षाले केही ठाँउमा मतदान सुरु हुन ढिला भएपनि अहिले भने सबै ठाँउमा मतदान सुरु भएको बताएका छन् ।  स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तरगत बिहान ७ बजे […]

मतदान गर्ने क्रममा ज्येष्ठ नागरिकको मृत्यु

(झापा), १४ असार । दोस्र्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा आज बिहान एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–९ स्थित हिमाली टोलका ८५ वर्षीय नरेन्द्र भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । भण्डारी दमकस्थित सरस्वती उच्च माविको मतदान केन्द्रमा मतदानका लागि जानुभएको थियो । इलाका प्रहरी कार्यालय […]

प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान

डडेल्धुरा, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गर्नुभएको हो । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो । मतदानपछि प्रधानमन्त्री देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै […]

चितवनमै स्याउ !

प्रमिता ढकाल भरतपुर,१४ असार । चितवनमा पनि स्याउ फल्छ भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भरतपुर–७, कृष्णपुर मनकामना टोलका राजेन्द्र पौडेलले आफ्नो बगैंचामा स्याउ फलाएर जोकोहीलाई आश्चर्यमा पारेका छन् । तीन वर्षअघि रौतहटको गौरमा नर्सरीमा हुर्काइएको बिरुवालाई आफूले रोपेको पौडेलले बताए । चिसो ठाउँमा मात्र फल्छ भन्ने सुन्दै आएपनि रौतहटजस्तो गर्मी ठाउँमा स्याउ […]

मुग्लिङ–नारायणगढ सडक राति बन्द गर्ने तयारी

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१४ असार। निर्माणाधीन नारायणगढ–मुग्लिङ सडकमा पहिरोको उच्च जोखिम छ । वर्षासँगै दिनहुँजसो खस्ने पहिरोले जोखिम बढेको हो । व्यवस्थापिका संसद् विकास समितिले मंगलबार सो सडकखण्डको स्थलगत निरीक्षण गरेको छ । समितिका सभापति रवीन्द्र अधिकारीले सडक निर्माणमा भएको ढिलाइबारे निर्माण कम्पनीसँग जानकारीसमेत लिएका छन् । भरतपुरमा सरोकारवाला पक्षबीच भएको छलफलमा उनले नारायणगढ–मुग्लिङ सडकखण्डको सुरक्षा […]

पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, तीनजना बेपत्ता

१४ असार । भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाको कुतकुतेमा गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । गए राति डेढ बजे डाँडाबाट पहरो खस्दा दुईवटा घर पुरिएको छ । मृत्यु हुनेमा ३५ वर्षीया शान्ति थामी रहेकी छिन् । पहिरोले घर बगाएपछि शान्तिकी १२ वर्षीया छोरी रोशनी र १० वर्षीया छोरी […]

दोस्रो चरणको स्थानीय निर्वाचन आज

१४ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आज प्रदेश नं १, ५ र ७ मा हुँदैछ । यस निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको […]