खाडीकाे निराशाजनक वैदेशिक रोजगारी

तोयानाथ उपेक्षित

नेपालीहरुका लागि मुख्य गन्तव्यको रुपमा रहेको खाडीको वैदेशिक रोजगारी निराशाजनक अवस्थामा पुग्ने देखिएको छ । कोरोनाको संकटले यो क्षेत्रलाई गाँजेसँगै यहाँ कार्यरत नेपालीहरु पनि रोजगारी गुमाउने यात कम तलबमा काम गर्न बाध्य हुने अवस्थामा पुग्दैछन् ।

विशेषगरेर खाडी क्षेत्रका सरकारहरुले कोरोनाको संकट आइलागेपछि ठप्प भएको आर्थिक गतिविधि अघि बढाउन लकडाउनलाई विकल्प नमान्ने अवस्थामा पुगेपछि उनीहरुले कम संख्यामा कर्मचारी परिचालन गरेर काम गर्न भनेका छन्न । यस्तो अवस्थामा आफ्ना नागरिक नै पहिलो प्राथामिकतामा पर्नु स्वाभाविक हो । कर्मचारी संख्या कटौती गर्न पर्ने बाध्यात्मक अवस्था आईलागेपछि फालिने कर्मचारीहरु विदेशीमुलका नागरिक हुनु अनौठो कुरा भएन । उनीहरुलाई स्पेशल लिभका नाममा छुट्टी दिने या त आधा तलबमा काम गर्नपर्ने मध्ये एउटा अवस्था रोज्न पर्दा कतिपयले जागिरबाट हात धुने निर्णय गर्नेछन् । घुमाएर फिराएर रोजगारीमा कर्मचारीको संख्या कटौती गर्ने यो निति अर्को रणनीति पनि हो ।

मध्यपूर्व नेपाली श्रमिकहरुको मुख्य गन्तव्य हो । जुन क्षेत्रले १५ लाखभन्दा धेरै नेपालीहरुलाई रोजगारी दिएको छ । यस क्षेत्रका देशहरुको भाषा, धर्म, सँस्कृती, संस्कार र आर्थिक अवस्था पनि उस्तै नै छ । सवै देशको आम्दानीको मुख्य स्रोत भनेको पेट्रोलियम तेल र ग्यास नै हो । रिजनल संगठनमा आबद्ध सवै देशहरुले राष्ट्रिय र अन्तराष्ट्रिय निति पनि उस्तै प्रकारले सञ्चालन गरेका छन् । सबै देश राजतन्त्रात्मक छन् र सवै देशमा सुन्नि समुदायको सत्ता छ । मजदुरहरुलाई लिने वा तिनलाई दिने सेवासुविधा पनि लगभग एकै प्रकारको छ । कानून पनि उस्तै छैन । अप्रवासीहरुका लागि उनीहरुका कानूनमा एकरुपता पनि छ । यति एउटा कुरामा फरक छ की साउदी अरबमा मृत्युदण्ड दिने कानून केही भिन्न छ । त्यहाँ कतिपय प्रकृतिको अपराधमा घाँटी छिनालेर सजाय गरिन्छ, बाँकी अरु अरबका देशमा फाँसी दिने गरिन्छ ।

कोभिडको कहरले यी देशहरु पनि थलिएका छन् । उनीहरुको अर्थतन्त्र पनि कोभिडले अप्ठयारोमा छ तर एउटा वैभव र धनाढ्य मुलुक भएका कारण उनीहरुले ईज्जतका लागि मात्र भए पनि लाखौं विदेशीलाई पालिरहेका छन् । बरु अब कसरी विदेशीहरुको संख्या घटाउने भनेर उनीहरुले छलफल गर्न थालेका छन् । प्राईभेट कम्पनीहरुमा विदेशी र स्वेदशीको कोटा र तलबको स्केल पनि तोक्न थालेका छन् । यी असमान मापदण्डका कारण कयौंले खाईपाई आएको तलब गुमाउनेछन् ।

सुविधा त्याग्न पर्ने हुन्छ र कयौंलाई नोकरीबाट टर्मिनेशन नै गर्ने अवस्था आईसकेको हुँदा वैदेशिक रोजगार अब हिजोको अवस्थामा रहने छैन । यसको असर लाखौं नेपालीहरुमा पनि पर्नेछ र हजारौंले पहिले नै रोजगार गुमाएर नेपाल यात्राको बाटो कुरिरहेका छन् ।
यस क्षेत्रमा नेपालीहरु प्राय: अदक्ष कामदारका रुपमा धेरै छन् । क्लिनिङ कम्पनीमा, घरेलु नोकर वा नोकरानीको रुपमा, सेक्युरिटी गार्ड र होटलमा कुक, वेटर, हेल्पर छन् भने ड्राईभिङ क्षेत्रमा पनि नेपालीहरुको ठूलो संख्या छ ।

प्राय: यो सुरक्षित क्षेत्र नै हो । तल्लो दर्जामा काम गर्ने कामदार स्थानीय हुनै सक्दैनन् । यस्ता क्षेत्रमा नेपाली, भारतीय, बंगलादेशीलगायत छन् । फिलिपिनो, ईजिप्सियन र पाकिस्तानीहरुको कार्यक्षेत्र अलिक फरक छ । उनीहरुले पाउने तलब पनि केही राम्रो हुने गर्दछ । तर जतिसुकै सुरक्षित भनिए पनि हिजोको संख्यामा कामदार रहने छैनन् । कन्ट्रयाक्टिङ कम्पनीहरुले उल्लेखित क्षेत्रमा मानिसहरु सप्लाई गर्ने भएकाले कामदार माग गर्ने कम्पनीहरुले कोभिडको असरबाट उम्कनका लागि सवै क्षेत्रमा जनशक्ति घटाउने छ । सप्लाई कम्पनीहरुले पनि मानिस नघटाई सुखै छैन । यसको सिधा असर नेपाली कामदारहरुमा पर्दछ ।

आजभोलि नेपाल आउन चाहानेहरुको संख्या खाडी मुलुकबाट लाखभन्दा धेरै तम्तयार अवस्थामा छन् तर सरकारले तिनलाई लैजान मात्र सहजीकरण गरिदिए पुग्दछ । बेरोजगार भएर लामो समय बस्न परे उनीहरुसँग भएको पैसा पनि खाँदाबस्दा सकिने छ र त्यसपछि उनीहरु घर आउन नसक्ने अवस्थामा पुग्नेछन् । सरकारले यो गम्भीर पाटोलाई नियालीरहेको छैन । मानिसहरुमा मानसिक तनाव र आत्महत्याका घटनाहरु बढिरहेका पनि छन् । बेलैमा सम्बोधन नगरे अरब मुलुकहरूको स्थिति अरु खराब बन्न सक्दछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट