लघुकथा: छिमेकी

सिम्रन क्षेत्री कहिलेकाहीँ ऐंचोपैंचो पर्दा आडैमा जोडिएको छिमेकीको घरमा पोल्टा थाप्न पुग्थिन् सार्की माइलाकी स्वास्नी । पण्डितका परिवारले पनि आँगनमै राखेर भए पनि भएका जेजति दाल, चामल, तरकारी दिएर खुसी बनाएर पठाउँथे । देशमा महामारीको प्रभावले जतासुकै बन्द थियो । लामो लकडाउनका कारण निम्नवर्गका मानिसहरू जसोतसो राहतबाट गुजारा चलाइरहेका थिए भने मध्यमवर्गीय मानिसहरूलाई आज के […]
खाडीकाे निराशाजनक वैदेशिक रोजगारी

तोयानाथ उपेक्षित नेपालीहरुका लागि मुख्य गन्तव्यको रुपमा रहेको खाडीको वैदेशिक रोजगारी निराशाजनक अवस्थामा पुग्ने देखिएको छ । कोरोनाको संकटले यो क्षेत्रलाई गाँजेसँगै यहाँ कार्यरत नेपालीहरु पनि रोजगारी गुमाउने यात कम तलबमा काम गर्न बाध्य हुने अवस्थामा पुग्दैछन् । विशेषगरेर खाडी क्षेत्रका सरकारहरुले कोरोनाको संकट आइलागेपछि ठप्प भएको आर्थिक गतिविधि अघि बढाउन लकडाउनलाई विकल्प नमान्ने अवस्थामा […]
तीन महिनाको भाडा छुट दिए सुनिलले

भरतपुर, २४ जेठ कोरोना भाइरस संक्रमण फैलिन नपाओस् भनेर लकडाउन गरिएको छ । अधिकाँस पसल, व्यवसाय बन्द छन् । भाडा, कर तिर्ने रकमसमेत जुटाउन व्यवसायीलाई चिन्ता पर्न थालेको छ । भरतपुर–५ मुनालचोकका युवा व्यवसायी सुनिल क्षेत्रीले जग्गा तथा सटर भाडा नलिने घोषणा गरेका छन् । उनले चैत देखि जेठसम्मको ३ महिनाको भाडा नलिने स्वघोषणा गरेर […]
थप दुई निधन भएकामा कोरोना पुष्टि, कूल मृत्यु १३ पुग्यो

भरतपुर, २४ जेठ नेपालमा थप दुई जनाको मृत्यु कोरोनाका कारण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा थप एक महिला र एक पुरुषको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको जानकारी प्रवक्ता डा. विकास देवकोटाले दिए । डोल्पामा जेठ २१ गते राति २ बजे निधन भएका दमका रोगीमा कोरोना पनि देखिएको […]
नेपालमा आज थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित ३२३५ पुगे

भरतपुर, २४ जेठ नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिले सम्म कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।
काेराेना अस्पताल चाेरी काण्डका कर्मचारीविरूद्ध उजुरी हाल्दै कांग्रेस

भरतपुर, २४ जेठ भरतपुर महानगरपालिकाका नेपाली कांग्रेससम्बद्ध जनप्रतिनिधिहरुले भरतपुर कोरोना विशेष(अस्थायी) अस्पतालको जिन्सी अपचलन (चोरी)काण्डमा मुछिएका कर्मचारीहरुलाई कारबाही गर्न माग गर्दै उजुरी दिने तयारी गरेका छन् । घटनामा संलग्न कर्मचारीहरुलाई निलम्बन गर्न माग गर्दै आएका महानगरका उपमेयर तथा वडाध्यक्षहरुले मेयरले कारबाहीको विषयमा चासो नदेखाएको भन्दै प्रहरी कार्यालयमा उजुरी दर्ता गर्ने निर्णय गरेका छन् । शनिबार […]
बाँकेमा बन्दाबन्दीलाई थप कडाइ

बाँके, २३ जेठ (रासस) जिल्ला प्रशासन कार्यालय बाँकेले बारअनुसार पसल खोल्न दिने निर्णय खारेज गर्दै बन्दाबन्दीलाई पुनः कडाइ गरेको छ । बजार र पसल व्यवसाय सञ्चालन गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएकाले सो निर्णयलाई खारेज गरेर बन्दाबन्दीलाई थप प्रभावकारी बनाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । यसअघि जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक […]
के कोरोना फैलाउने कारखाना बन्दैछ क्वारेन्टिन ?

– तुलसीराम अधिकारी काठमाडौँ, २४ जेठ (रासस) मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले क्वारेन्टाइन सञ्चालन गर्न थालेका छन् । कोरोना विषाणुको फैलावट रोक्ने अचूक उपायका रुपमा यसलाई लिइएको छ । हजारौंको सङ्ख्यामा मानिसहरुलाई राख्न सकिने क्षमताका भन्दै सञ्चारमाध्यमबाट क्वारेन्टाइनबारे विवरण प्रस्तुत भइआएकै पनि छन् । कोरोनाको सङ्क्रमण एक पछि अर्को ठाउँमा […]
कोरोना भर्सेज राजनीति

अमृत काफ्ले ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ ! कोभिड–१९ विरुद्धको संघर्षमा स्वास्थ्यकर्मीहरु नै फ्रन्टलाइन योद्धा हुन् । उनीहरुलाई सबैले आदर र सम्मान गर्नुपर्छ, हौसला प्रदान गर्नुपर्छ । यो लडाइँको मुख्य जिम्मा राज्यको हो । संक्रमण फैलिन नदिन सामाजिक दूरी सबैभन्दा ठूलो हतियार हो । अस्पतालमा आएका बिरामीका आधारमा हामी कोभिड–१९ बाट स्वास्थ्यकर्मीहरुलाई बचाउनुपर्दछ । […]
वाग्मती प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु

हेटौँडा, २४ जेठ (रासस) कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण सिन्धुपाल्चोक, दोलखा र ललितपुरका एक–एकजनाको ज्यान […]
लकडाउनको साथी: साइकल

विप्लव काफ्ले भरतपुर, २४ जेठ भरतपुर–४ लंकुका नविन खरेल दिनहुँ साइकल यात्रामा निस्कन्छन् । उनलाई थाहा छ– अहिले कोरोना भाइरस संक्रमण फैलिन नदिन लकडाउन गरिएको छ । नविन चितवन साइकल राइडर्स क्लबका अध्यक्ष हुन् । सानैदेखि साइक्लिङमा रुचि राख्थे । सानै उमेरदेखि स्पोटर्स साइकल चलाउँथे । पछि ढाड, कम्मर दुख्ने समस्या देखिएपछि उनी उपचारमा बसे […]
उद्योगमा लकडाउनमै तीन अर्ब लगानी

काठमाडौँ, २४ जेठ (रासस) बन्दाबन्दीको पछिल्लो एक महिनामा विदेशी तथा स्वदेशीको लगानी रहने गरी उद्योगमा पौने रु तीन अर्ब लगानी भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा रु दुई अर्ब ७४ करोड ९० लाख बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागबाट […]
भोलिदेखि मौसम सुधार हुने अनुमान

काठमाडौँ, २४ जेठ (रासस) आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ । वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई […]
क्वारेन्टिनमा एकको मृत्यु

बाजुरा, २४ जेठ (रासस) खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा उहाँको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिनुभयो । झण्डै २५ वर्षदेखि भारतमा बस्दै आउनुभएका उहाँमा दमको […]
संस्मरण: बाल्यकाल र गोठाले सम्झनाहरू

सागर गैरे कोहलपुर-११ बाँके भारतीय पत्रपत्रिकामा बिज्ञापन पृष्ठको एउटा कोलम हुन्छ जसमा `खोया पाया बच्चा´ शीर्षकमा बच्चाहरु हराएका र भेटिएका सूचनाहरु छापिन्छन् । त्यसो त हलिउड र बलिउडमा समेत बच्चाहरु हराएका र भेटिएका बिषयमा थुप्रै फिल्महरु बनेका छन् । थुप्रै फिल्महरु मैले हेरेको पनि छु । पछिल्लोपटक मैले यहि लकडाउन समयबिच एउटा त्यस्तै फिल्म लायन […]
भरतपुरमा परीक्षण गरिएका नवलपुरका ३ जनामा कोरोना संक्रमण

भरतपुर, २४ जेठ भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा नमूना परीक्षण गरिएका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु तीनै जना नवलपुरका हुन् । भरतपुर अस्पतालकाअनुसार नवलपुरको विनयत्रिवेणी-४ बस्ने १८ र २७ वर्षका पुरुष तथा विनयत्रिवेणी-३ बस्ने १९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएका छन् […]