तीन महिनाको भाडा छुट दिए सुनिलले

भरतपुर, २४ जेठ
कोरोना भाइरस संक्रमण फैलिन नपाओस् भनेर लकडाउन गरिएको छ । अधिकाँस पसल, व्यवसाय बन्द छन् । भाडा, कर तिर्ने रकमसमेत जुटाउन व्यवसायीलाई चिन्ता पर्न थालेको छ । भरतपुर–५ मुनालचोकका युवा व्यवसायी सुनिल क्षेत्रीले जग्गा तथा सटर भाडा नलिने घोषणा गरेका छन् । उनले चैत देखि जेठसम्मको ३ महिनाको भाडा नलिने स्वघोषणा गरेर मनकारीको उदाहरण देखाएका छन् ।

मुनाल चोकमा रहेको गुरुङ क्याफे एण्ड रेष्ट्रो, साइबाबा कंक्रिट एण्ड ब्लक उद्योगले प्रयोग गरेको जग्गा भाडा नलिने सार्वजनिक गरेका छन् । क्याफेमा ३ सटर र ब्लक उद्योगले साढे २ कट्टठा जग्गा उपभोग गर्दै आएका थिए । “व्यापार व्यवसाय नभएको देखेको छु”, सुनिलले भने, “यस्तो बेला भाडा मागेर थप पीडा दिन चाहिन ।” उनका अनुसार क्याफेले मासिक १० हजार र ब्लक उद्योगले ५ हजार ५ सय भाडा बुझाउँदै आएका थिए । उनले तीन महिनाको ४६ हजार ५ सय रुपैयाँ भाडा छुट दिएका हुन् ।

सुनिल चितवनमा पहिलो पटक रेमिट्यान्स व्यवसाय गर्ने व्यक्ति हुन् । उनले २०५५ सालमा शहिदचोकमा नारायणी मनी ट्रान्सफर चलाएका थिए । हाल उनको सिनर्जी चोकमा साइबाबा मनि ट्रान्सफर छ । ठमेलमा होटल समेत चलाएका छन् । सुनिल सामाजिक कार्यमा समेत सहभागि हुदै आएका छन् । गैडाकोट ढोडेनीमा रहेको सुकुम्बासी वस्तीमा समेत लकडाउनका बेला खाद्यान्न सहयोग गरेका थिए । २० घरलाई केही दिन पुग्ने खाद्यान्न सहयोग गरेका थिए ।

लकडाउन पहिले उनले बारा मधुवनमा रहेका क्यान्सरबाट प्रभावित परिवारलाई आर्थिक सहयोग गरेका थिए । यस्तै मञ्जुश्री असहाय संरक्षण केन्द्रको निर्माणाधिन भवनका लागि १ लाख बराबरको इट्टा सहयोग गरेका थिए ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट