भरतपुरमा परीक्षण गरिएका नवलपुरका ३ जनामा कोरोना संक्रमण

भरतपुर, २४ जेठ

भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा नमूना परीक्षण गरिएका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनीहरु तीनै जना नवलपुरका हुन् । भरतपुर अस्पतालकाअनुसार नवलपुरको विनयत्रिवेणी-४ बस्ने १८ र २७ वर्षका पुरुष तथा विनयत्रिवेणी-३ बस्ने १९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएका छन् ।

अस्पतालकाअनुसार भरतपुरमा पछिल्लो पटक परीक्षण गरिएका १ सय ७४ वटा नमूना मध्ये १ सय ७१ वटाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट