कोरोना भर्सेज राजनीति

अमृत काफ्ले

‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ !

कोभिड–१९ विरुद्धको संघर्षमा स्वास्थ्यकर्मीहरु नै फ्रन्टलाइन योद्धा हुन् । उनीहरुलाई सबैले आदर र सम्मान गर्नुपर्छ, हौसला प्रदान गर्नुपर्छ । यो लडाइँको मुख्य जिम्मा राज्यको हो । संक्रमण फैलिन नदिन सामाजिक दूरी सबैभन्दा ठूलो हतियार हो । अस्पतालमा आएका बिरामीका आधारमा हामी कोभिड–१९ बाट स्वास्थ्यकर्मीहरुलाई बचाउनुपर्दछ ।

यस्तो महामारीको बेला दिन–रात नभनी स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्नु राज्यको दायित्व हो । यो विषम घडीमा स्वास्थ्यकर्मीको मनोबल बढाउने, जोखिम भत्ता दिने, स्वास्थ्य सामग्री तथा महामारीबाट स्वास्थ्यकर्मी आफू बचे अरुलाई बचाउने न हो । त्यसकारण स्वास्थ्यकर्मीको स्वास्थ्य परीक्षण
हुनुपर्दछ । जसले गर्दा स्वास्थ्यकर्मीले निर्धक्क भएर स्वास्थ्य सेवा दिन सकून् ।

जुन जनताले भोट हालेर राजनीतिमा पहिचान दिलाए, त्यही जनतालाई गाह्रो पर्दा जनताभन्दा प्यारो आफ्नो कुर्सी र पार्टी भयो । दुःखको बेलामा सहारा हुनुको सट्टा अझै दुःख थप्न लागीपरेका छन् । वास्तवमा कोरोना ठूलो होइन रहेछ । न त देश र जनता नै ठूला रहेछन् । ठूलो त केवल आफ्नो कुर्सी र पार्टी रहेछ ।

“ए सरकार ! देश रहे त राजनीति गर्नुंहोला, देश नै नरहे के गर्नुहुन्छ ?”

यो विषम परिस्थितिमा पनि देश र जनताको लागि सरकारको तयारी के ? जनताले के पाए देशको आवश्यकता के छ ? राज्यले के दियो ? राजनीतिक पद कुर्सीको लागि भए पनि देशको रक्षा गर्नु राज्यको दायित्व हो । सरकारको कुनै पार्टीको झण्डा होइन या जात धर्मको नारा होइन । यो महामारीको बेला सबै जनता मिलेर यसको रोकथाम तथा बच्ने उपायतिर लाग्नुपर्छ ।

सरकार पहिला देशको रक्षा गर अनि राजनीति । यस्तो महामारीको बेलामा पनि देश र जनताको रक्षा गर्न छाडेर फोहरी राजनीतिमा नेता लागीपरेका छन् । हाम्रो देशमा राजनीति खराब होला, नेता खराब होलान् । तर, हामी नेपाल आमाको सन्तान खराब
छैनौं ।

सिमनाको रक्षा गर्नुपर्छ । तर, अहिलेको आवश्यकता भनेको देश र जनताको ज्यान र महामारीबाट छुट्करा कसरी पाउने भन्ने कुरा हो । सरकारले नै यसको लागि तत्काल कदम चल्नुपर्दछ । महामारी फैलिएको बेला यसको रोकथामको सट्टा देशको नक्सालाई लिएर विवादित हुनु जरुरी थिएन ।

‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ विविध धर्म जातजाति, वर्ण, भाषा, सँस्कृति भएको मेरो देश आज पनि जब स्वाभिमानको कुरा आउँछ । यो नेपाली शिर कहिल्यै झुक्दैन । वीर गोर्खालीको सन्तान हामी यदि कसैले हाम्रो देशमाथि आँच आउने काम गर्छ भने देश र जनताको लागि मर्न र मार्न तयार छौँ । सरकार ! तीन करोड नेपाली जनताको बोली नै सरकारको बोली हुनपर्दछ ।

कोभिड–१९ महामारीको बेला पनि स्वास्थ्य सामग्रीको करोडौँको घोटाला, देशको नक्सा र सिमनामा विवाद, राजनीति र कुर्सी भन्नु जरुरी थिएन । सरकार, यस्तो महामारीको बेला जनता र स्वास्थ्यकर्मीहरुलाई साथ लिएर अगाडि बढ्नुको सट्टा उनीहरुको मनोबल गिराउने काम नगरौँ ।

यस्तो दुखद घडीमा देश र जनतासँग उभिएर उनीहरुको मनोबल बढाउन साथमा साथ दिनु नै एक असल राजनीतिज्ञको कर्तव्य हो ।

(लेखक चितवन मेडिकल कलेज भरतपुर–१०, चितवनको मुटुरोग विभागमा क्याथल्याब ईञ्चार्जको रुपमा कार्यरत छन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट