संकटमा स्वास्थकर्मीको भूमिका र अवस्था

जोन कँडेल

पहिलो : ‘बाबु, ठूलो भएपछि के बन्छस् ?’
‘डाक्टर बन्छु बिरामीको सेवा गर्छु ।’

दोस्रो : ‘बाबू ट्यालेन्ट रै’छ के बन्ने ? नेपालमा केहिको पनि स्कोप छैन ।’
‘अलिअलि स्कोप भएको डाक्टर हो, डाक्टर बन्नु पर्ला ।’
यतिबेला साँच्चै देशलाई बिरामीको सेवा गर्ने डाक्टर चाहिएको छ ।

समयसँगै देशमा धेरै तन्त्रको परिवर्तन भयो । साथै, सोचतन्त्र र सामाजिकतन्त्रमा पनि राम्रै परिवर्तन भयो । नेपालमा तन्त्र फेरिएजस्तै विश्वविज्ञान र विकासक्रमा अगाडि बढ्दै गयो । सिँगो भूगोल नै एक बजार बन्यो । विज्ञान र विकासका हरेक कुरा विश्वव्यापीकरण भइसकेको अवस्थामा एउटा भाइरस पनि विश्वव्यापीकरण भएर उदायो र संसारलाई नै चुनौती दियो । यतिबेला मानव सभ्यता र विकासमाथि नै प्रश्न उठेको छ ।

विश्व महामारीको यस समयमा विश्वसँगै नेपाल पनि कोभिड–१९ कोरोना भाइरसविरुद्ध लडिरहेको छ । विभिन्न समयमा विभिन्न क्षेत्रमा विभिन्न किसिमका भाइरसको आक्रमणबाट नेपाल प्रभावित हुँदै आएको छ । लामो समय राजनीतिक भाइरसले संक्रमित मेरो देश अचानक भूकम्पको मार खेप्नुप¥यो भने संकटकै अवस्थामा मित्रराष्ट्र नै कडा भाइरस बनेर नाकाबन्दी गरिदियो । संकटको घडीमा सबै नागरिक एकताबद्ध भएर संकटसँग सामना गरिरह्यौं ।

भौतिक संकटभन्दा स्वास्थसँग सम्बन्धित संकट बढी संवेदनशील हुन्छ । कस्तो अवस्था भने हामी जुटेर होइन, फुटेर मात्र यो संकटबाट मुक्ति पाउने रहेछौं । शरीर टाढा भए पनि जनताको मन र सोच भने एक हुनुपर्छ ।

सरकार यो महाविपत्तिप्रती संवेदनशील छ, त्यसमा शंका छैन । तर, यो विश्वयुद्धको समयमा अग्रीम मोर्चामा रहेका सुरक्षाकर्मीहरुको नै तलब काटेर उनीहरूलाई प्रोत्साहित गराएको कि हतोत्साहित ? हिजो धरान उपमहानगरपालिकाले स्वास्थ्यकर्मीसँग तलबबाट आर्थिक सहयोग अनुरोध गर्नु र आज सुरक्षाकर्मीको तलब काट्नु प्रोत्साहन हैन सरकार । यी काम बन्द गरौँ, अरु यस्ता निर्णय छन् भने पनि लागू नगरौं ! बरू यस्ता सल्लाह दिनेलाई आँखा वरिपरि पर्न नदिउँ ।

स्वास्थ्य संकटमा स्वास्थ क्षेत्र नै बढी संवेदनशील बन्नुपर्दो रहेछ । यतिबेला अस्पताल, डाक्टर, नर्सलगायत अन्य स्वास्थकर्मीको क्रियाशील भूमिका आवश्यक हुन्छ । भूमिका हुन्छ भन्दैमा ज्यान जोखिममा राखेर काम गर्न पनि सकिँदैन । यस्तो अवस्थामा राज्यले सुरक्षा सामग्रीको राम्रो बन्दोबस्त गरिदिनुपर्छ ।

यतिबेला सम्पूर्ण जनताको स्वास्थ नै स्वास्थकर्मीको हातमा हुन्छ । उनीहरु देश र जनताको लागि सेवामा कार्यरत हुँदै गर्दा उनीहरुको मनोबल उच्च राख्न सहयोग गर्ने राज्य र आम नागरिकको दायित्व हो । अहिले हामी न्यून जोखिममा छौँ । तर, उच्च जोखिमको त्रास भने हटेको छैन । विश्वका अन्य देशमा डाक्टर नै कोरोना भाइरसबाट संक्रमीत भई ज्यान गुमाउन पुगेका छन् । इटालीमा अहिलेसम्म ६६ जना डाक्टरले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउन पुगे ।

यस्तो दुखद र कहालीलाग्दो अवस्थामा राज्यले स्वास्थ्यकर्मीकै तलब काट्ने, सुरक्षा तथा स्वास्थ सामग्री उपलब्ध नगराउने र जनताले पनि भाडामा लगाएकाले घरमा प्रवेश रोक लगाउने जस्ता अमानवीय प्रवृत्तिहरू स्वास्थकर्मीको मनोबल गिराउन उद्दत भएको देखिन्छ । देशभरी नै कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रीम मोर्चामा संक्रमणको जोखिम लिएर अहोरात्र सेवामा खटिरहने डाक्टर, नर्सलगायत स्वास्थकर्मीको सुरक्षा, सम्मान र सुविधामा राज्यले विशेष व्यवस्था गर्नुपर्छ ।

यस दुखद समयमा निजी अस्पतालको भूमिका ज्यादै निष्क्रिय देखिन्छ । अरु समय सधैं लाभान्वित अस्पतालले यस्तो समयमा अमानवीय प्रवृत्ति देखाउनु साह्रै घृणित कार्य हो । बिरामी भर्ना लिन नमान्ने र बिरामी भर्ना हुन नपाएर मृत्युको मुखमा पुगेको समाचारहरु पनि आइरहेका छन् भने स्वास्थकर्मी सेवामा नजाँदा निलम्बनमा परेका समचार पनि आएका छन् ।

यतिबेला नेता, मन्त्रीभन्दा पनि स्वास्थविज्ञको विज्ञता प्रभावकारी हुन्छ । सरकारी सेवामा रहेका विज्ञहरु सरकारको काम–कारबाहीमा उनीहरूको विज्ञताले भन्दा पनि उत्तरदायी भूमिका अझ भनौं ‘वफादारिता’ ले काम गरेको हुन्छ । आफूभन्दा माथिल्लो पदाधिकारीको राय, सुझाव, निर्देशन गलत भए पनि स्वीकार्नु बाध्यता हुन्छ । कोरोना भाइरसविरुद्धको लडाइँमा उचित नीति र योजना, निर्णय र प्रभावकारी कार्य सम्पादनका लागि स्वतन्त्र विज्ञ र स्वास्थकर्मीसहितको एक समिति बनाएर काम गर्न सके बढी प्रभावकारी हुनेछ ।

स्वास्थकर्मीले सुरक्षाको वातावरण खोज्नु स्वाभाविक हो । तर, अहिले स्कोप खोज्ने बेला भने होइन । कामना गरौं, संकटको घडीमा कसैबाट कुनैपनि अमानवीय कार्य नहून् । कोरोनाको उपचारका लागि पीपीई अत्यवाश्यक भएको बताउँदै एक डाक्टर भन्छन्–‘बलिदान र आत्महत्यामा फरक छ । तर, हाम्रा लागि दुवै उस्तै भएको छ । मर्न को चाहन्छ र ? यदि तपाईंलाई कुनै अस्पतालमा काम गर्न खटाइन्छ भने सुरक्षाको ग्यारेन्टी त हुनुप¥यो नि !’

सरकार सजग छ, सक्रिय छ । लकडाउन घोषणा गरेको छ । स्वास्थकर्मीलाई आवश्यक सुरक्षा सामाग्रीको तयारी पनि गरिरहेको छ । ७ वटा कोरोना भाइरस परीक्षण ल्याब पनि स्थापना गरेको छ भने ठाउँ–ठाउँमा अस्थायी कोरोना अस्पतालको स्थापना पनि गरिसकेको छ । यसक्रममा सरकारका प्रक्रियाका कमिकमजोरी र लाभको खेती पनि छरपस्ट देखिएका छन् ।

सरकार यो महाविपत्तिप्रती संवेदनशील छ, त्यसमा शंका छैन । तर, यो विश्वयुद्धको समयमा अग्रीम मोर्चामा रहेका सुरक्षाकर्मीहरुको नै तलब काटेर उनीहरूलाई प्रोत्साहित गराएको कि हतोत्साहित ? हिजो धरान उपमहानगरपालिकाले स्वास्थ्यकर्मीसँग तलबबाट आर्थिक सहयोग अनुरोध गर्नु र आज सुरक्षाकर्मीको तलब काट्नु प्रोत्साहन हैन सरकार । यी काम बन्द गरौँ, अरु यस्ता निर्णय छन् भने पनि लागू नगरौं ! बरू यस्ता सल्लाह दिनेलाई आँखा वरिपरि पर्न नदिउँ ।

यतिबेला नेता, मन्त्रीभन्दा पनि स्वास्थविज्ञको विज्ञता प्रभावकारी हुन्छ । सरकारी सेवामा रहेका विज्ञहरु सरकारको काम–कारबाहीमा उनीहरूको विज्ञताले भन्दा पनि उत्तरदायी भूमिका अझ भनौं ‘वफादारिता’ ले काम गरेको हुन्छ । आफूभन्दा माथिल्लो पदाधिकारीको राय, सुझाव, निर्देशन गलत भए पनि स्वीकार्नु बाध्यता हुन्छ । कोरोना भाइरसविरुद्धको लडाइँमा उचित नीति र योजना, निर्णय र प्रभावकारी कार्य सम्पादनका लागि स्वतन्त्र विज्ञ र स्वास्थकर्मीसहितको एक समिति बनाएर काम गर्न सके बढी प्रभावकारी हुनेछ ।

अन्त्यमा, कोरोना भाइरसविरुद्धको यस विश्वयुद्धमा ज्यानको जोखिम लिएर अग्रीम मोर्चामा रहेर अहोरात्र लडिरहका डाक्टर, नर्सलगायत सम्पूर्ण स्वास्थकर्मीप्रति हार्दिक नमन व्यक्त गर्दछु ।

भरतपुर–४, चितवन

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट