खैरहनी नगरपालिकाले दियो २९ सय परिवारलाई राहत

खैरहनी, २० चैत
चितवनको खैरहनी नगरपालिकाले दैनिक ज्यालादारी मजदुरी गरी पेट पाल्नेहरुलाई राहत वितरण गरेको छ । कोरोना भाईरसको सक्रमण देखिएपछि सरकारले लागू गरेको लकडाउनका कारण मजदुरी गरी जीवन निर्वाह गर्नेहरुमा समस्या परेपछि टोल विकास संस्थामार्फत सिफारिस गरिएको घरपरिवारलाई नगरपालिकाले राहत उपलव्ध गराएको हो ।

नगरको १३ वटा वडाबाट २ हजार ८ सय ९९ घरपरिवारको तथ्यांक संकलन भएको थियो । सोही तथ्यांक अनुसार बिहीबार नगरपालिकाले प्रत्येक वडालाई र वडाले टोल विकास संस्थालाई राहत वितरणको जिम्मा दिएको हो । सामाजिक दुरी कायम राख्दै राहत वितरण कार्य व्यवस्थित बनाउन टोल विकासलाई जिम्मा दिईएको नगरपालिकाका प्रमुख लालमणी चौधरीले बताए ।

राहत वितरणका लागि नगरपालिकाले मापदण्ड बनाएको थियो । ४ जना सम्मको परिवारलाई १० किलो चामल, १ किलो दाल, एक किलो नुन र एक लिटर तेल तथा ४ जना भन्दा माथिका परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक किलो नुन र एक लिटर तेल दिने गरी मापदण्ड वनाएको हो । सोही मापदण्ड अनुसार नगर भित्रका २ हजार ८ सय ९९ परिवारलाईनै राहत वितरण गरिएको नगर प्रमुख चौधरीले बताए ।

राहत वितरणलाई व्यवस्थित बनाउन नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक एवं खैरहनी १ का वडाध्यक्ष भुमीप्रसाद कडेंलको संयोजकत्वमा समिति गठन गरिएको थियो । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माका अनुसार वडा नम्वर १ का दुई सय ६० घरधुरी,वडा नम्वर २ का दुई सय ६२ घरधुरी,वडा नम्वर ३ का दुई सय ४४ धरधुरी,वडा नम्वर ४ का एक सय ७९ घरधुरी,वडा नम्वर ५ का एक सय ८१ घरधुरी ,वडा नम्वर ६ का दुई सय ४२ घरधुरीलाई राहत दिईएको छ ।

त्यस्तै खैरहनी वडा नम्वर ७ का एक सय ६ घरधुरी,वडा नम्वर ८ का एक सय ९६ घरधुरी,वडा नम्वर ९ का एक सय ६६ घरधुरी,वडा नम्वर १० का ३ सय ८० घरधुरी,वडा नम्वर ११ का एक सय २१ घरधुरी,वडा नम्वर १२ का १ सय ७१ घरधुरी र वडा नम्वर १३ का ३ सय ९१ घरधुरीलाई राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

कोरोना भाईरसको सक्रमण हुन नदिन नगरपालिकाले प्रत्येक वडामा किटनाशक विषादी छर्नुका साथै यसबाट वच्न जनचेतना फैलाउने जस्ता काम गरेको नगर प्रवक्ता रामशरण पाण्डेले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट