खैरहनी नगरपालिकाले दियो २९ सय परिवारलाई राहत

खैरहनी, २० चैत चितवनको खैरहनी नगरपालिकाले दैनिक ज्यालादारी मजदुरी गरी पेट पाल्नेहरुलाई राहत वितरण गरेको छ । कोरोना भाईरसको सक्रमण देखिएपछि सरकारले लागू गरेको लकडाउनका कारण मजदुरी गरी जीवन निर्वाह गर्नेहरुमा समस्या परेपछि टोल विकास संस्थामार्फत सिफारिस गरिएको घरपरिवारलाई नगरपालिकाले राहत उपलव्ध गराएको हो । नगरको १३ वटा वडाबाट २ हजार ८ सय ९९ घरपरिवारको […]

किमले घोषणा गरे ‘कोरोना भाइरस फ्रि उत्तर कोरिया’

२० चैत (रासस,एएफपी) उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो । […]

छैटाैं व्यक्तिमा काेराेना संक्रमण पुष्टि

भरतपुर, २० चैत नेपालमा फेरि एक व्यक्तिमा काेराेना भाइरस काेभिड-१९ पाेजिटिभ फेला परेकाे छ । स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा भरखरै याे जानकारी दिइएकाे हाे । नेपालमा फेला परेका काेराेना संक्रमितमध्ये याे छैटौं हाे । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कतार एयरवेजबाट आएका नेपालीमा संक्रमण देखिएकाे हाे । तर, उनले यसबारेमा थप जानकारी दिएका […]

मानव सभ्यताको रक्षाका लागि मिलेर लडौं: उपप्रम पोखरेल

नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकका हैसियतले कोरोनाविरुद्धको लडाइँको कमाण्ड सम्हाल्नुभएको छ । कोरोनाविरुद्धको लडाइँ, सरकारको […]

कोरोना कहर:१२०० किलोमिटर रिक्सा चलाएर दिल्लीबाट बिहार पुगे समिरुल

२० चैत, काठमाडौं । ‘रामबाग रोडमा भएको सबै रिक्सावालाहरु आइरहेका थिए । त्यसैले म पनि उनीहरुसँगै मिसिएर दिल्लीबाट निस्किएँ । त्यसपछि १० दिनमा घर पुगेँ ।’ बीबीसी हिन्दीकाअनुसार बिहारका समिरुलको यो कुरा जो कोहीका लागि विश्वास गर्न कठिन थियो । किनकी उनी १२ सय किलोमिटर रिक्सा चलाएर घर आएका थिए । समिरुल दिल्लीदेखि बिहार राज्यको […]

जंगलको राजालाई महामारीको के डर !

सुर्खेत, २० चैत सिङ्गो मुलुक नै कोरोना भाइरसको सम्भावित जोखिमविरुद्ध जुधिरहेका बेला पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकालाई भने एउटा नयाँ खालको चुनौती थपिएको छ– फिरन्ते राउटे समुदायलाई यसको सङ्क्रमणबाट कसरी जोगाउने ? नेपालमा अन्यत्रजस्तै यस क्षेत्रमा पनि लकडाउनको पालना गर्ने, गराउने र महामारीबारे जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका यस नगरका जनप्रतिनिधि र कर्मचारीमाथि राउटे समुदायको स्वास्थ्यबारे एक […]

बयरघारीमा साबुन र मास्क सहयोग

भरतपुर, २० चैत भरतपुर वडा नम्बर २५ ले कोरोना भाइरसको संक्रमण फैलिन नदिन घरदैलो अभियान चलाएको छ । टोलमा रहेका २० टोल विकास संस्था मार्फत सुरक्षाका सामग्री सहयोग कार्यक्रम समेत गर्न थालिएको छ । बिहीबार वडाध्यक्ष विजयकुमार भुजेलले बयरघारीमा सहयोग सामाग्री हस्तान्तरण गरेका छन् । सामाजिक दुरी कायम गर्दै मास्क, साबुन लगायतका सामग्री सुन्दर बयरघारी […]

राम्रो मूल्य नपाएपछि निःशुल्क फर्सी बाँड्दै समिर

भरतपुर, २० चैत भरतपुर–२५ शुक्रनगरका समिर भुषाल व्यवसायिक तरकारी खेतीमा लागेको १० वर्ष भयो । ३ वर्ष पहिले उनले भूषाल व्यवसायिक तरकारी फर्म दर्ता गरे । फिजिक्समा स्नातकोत्तर गरेका समिरलाई विदेश मोहले छोएन । बुबा आमालाई सघाउँदै तरकारी खेतीमा होमिएका उनी यतिबेला सफल किसान मानिन्छन् । ५ विघामा तरकारी लगाएका छन् । १ विघामा फर्सी […]

अमेरिकामा कोरोनाभाइरसबाट छ हप्ताको शिशुको मृत्यु

कनेक्टीकट, २० चैत (रासस–एपी) संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताउनु भएको छ । गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको मृत्यु भएको जानकारी दिनुभयो । बुधबार ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भन्नुभयो, “यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरुसँग बाक्लो भेटघाट नगर्न आग्रह […]

आउने महिनाको शुल्क छुट दिएर भनेपनि चैतको शुल्क मिनाह गर्नैपर्छ:शिक्षा मन्त्रालय

काठमाडाैं, २० चैत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलालयले निजी विद्यालयहरुले चैत महिनाकाे शुल्क मिनाहा गर्नुपर्ने जनाएकाे छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले लकडाउनको समयमा गरिएको निणर्य भएकाले निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्नुपर्ने बताए। ‘सरकारले अहिले जति क्षेत्रलाई छुट दिन भनेको छ त्यो चैत महिनाको नै हो,’ शर्माले भने, ‘यसमा दुबिधा हुनुपर्ने कुरै छैन।’ […]

टेकुमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं, २० चैत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए […]

फिलिपिन्सका राष्ट्रपतिको आदेश: लकडाउनमा समस्या निम्त्याउनेलाई गोली ठोक

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् । ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस,’ उनले बुधबार अबेर राती प्रसारित […]

कोरोनाबाट सुरक्षा खोज्दा सामान्य रोगको उपचारबाट नै वञ्चित भइने त होइन ?

मनोज घिमिरे भरतपुर, चैत २० विज्ञान तथा सूचना प्रविधिको विकास सँगै सिङ्गो विश्व अत्याधुनिक युगमा मस्त थियो । विश्वको महाशक्तिशाली राष्ट्र बन्ने दौडमा फरकफरक देशबीच शीतयुद्ध नै चलिरहेको थियो । सोही अवस्थामा एक्कासी प्रवेश हुन्छ आँखाले पनि देख्न नसकिने सूक्ष्म भाईरसको। सन २०१९ डिसेम्बर ३१ तारिकका दिन पहिलो पटक सो भाइरसको केस फेला पर्छ । […]

सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा भागे

सुर्खेत, २० चैत जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा भागेका छन्। राति १ बजे तीन जना थुनुवा हिरासतको झ्याल उप्काएर भागेका हुन्। लागुऔषध कारोबार अभियोगमा पक्राउ परेका तीन जना राती भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाका अनुसार भाग्नेहरुमा वीरेन्द्रनगर–६ का सन्दीप कसेरा, […]

कोरोनाको डरले गाउँपालिकामा प्रवेश निषेध

पोखरा, २० चैत कास्कीको पूर्वी भेगस्थित रुपा गाउँपालिकाले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भन्दै गाउँपालिका प्रवेशमा निषेध गरेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने कोभिड–१९ को सङ्क्रमणले विश्व नै तहसनहस भएका बेला गाउँपालिकाले मुख्य नाका क्षेत्रबाट आवतजावत नहुने गरी प्रवेश निषेध गराएको हो । गाउँपालिका प्रवेश गर्ने नौ मुख्य नाकामा एक सुरक्षाकर्मीसहित दुई […]

विश्वका २ सय ३ देशमा कोरोना संक्रमण, अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार बढीको मृत्यु

काठमाण्डौ, २० चैत कोरोना भाइरसको संक्रमणका कारण गएको २४ घण्टामा अमेरिकामा मात्रै एक हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म ५ हजार ९४ जनाको ज्यान गएको छ । २ लाख १४ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटालीमा थप सात सय २७ जनाको ज्यान गएसँगै १३ हजार १ सय ५५ […]

अनुसन्धानकर्ता भन्छन्, ‘गन्ध वा स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण हो’

काठमाण्डौ, २० चैत गन्ध वा स्वाद थाहा नपाउनुलाई पनि अनुसन्धानकर्ताले खतराको संकेतका रुपमा लिएका छन् । यो सङ्केत पनि कोरोना भाइरसको लक्षण हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् । बेलायतको लण्डनमा रहेको द किङ्स कलेजको एउटा समूहले ४ लाखभन्दा धेरै मानिसमा गरेको अध्ययनले यस्तो देखाएको बीबीसीले जनाएको छ । अध्ययनले गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकी […]

७३ देशका नागरिकलाई जापान प्रवेशमा रोक

काठमाण्डौं, २० चैत जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा प्रवेश नगरुन् भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशका नागरिकलाई जापान भित्रिन प्रतिबन्ध लगाइएको बताएका छन् । प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एसियाका सात देश लगायत छन् । अत्यावश्यक बाहेकका […]

केरा किसानको चिन्ता:भाडा तिर्न फेरी ऋण कता खोज्ने ?

विप्लव काफ्ले भरतपुर, २० चैत चितवनका केरा किसानलाई जग्गा भाडाले पिरोल्न थालेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि केरा ढुवानीमा पनि समस्या हुन थालेको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो व्यापारीनै नआएपछि उत्पादनलाई बजार पु¥याउन चूनौती थपिएको बताउँछन् । “बगानमै केरा पाक्न थालेका छन्, मण्डी, हाटबजारपनि बन्दजस्तै छन्, […]