भरतपुर, २० चैत
भरतपुर वडा नम्बर २५ ले कोरोना भाइरसको संक्रमण फैलिन नदिन घरदैलो अभियान चलाएको छ । टोलमा रहेका २० टोल विकास संस्था मार्फत सुरक्षाका सामग्री सहयोग कार्यक्रम समेत गर्न थालिएको छ ।

बिहीबार वडाध्यक्ष विजयकुमार भुजेलले बयरघारीमा सहयोग सामाग्री हस्तान्तरण गरेका छन् । सामाजिक दुरी कायम गर्दै मास्क, साबुन लगायतका सामग्री सुन्दर बयरघारी टोललाई टोलमा बाँड्न सहयोग गरिएको हो ।
यो टोलमा करिब २ सय घरधुरी छन् । हरेक घरमा २ मास्क र १ साबुन उपलब्ध गराउने गरी टोल विकास संस्थालाई सक्रिय बनाइएको हो ।
घरदैलो अभियान चलाउँदा भीडभाड नगर्न, दुरी कायम गर्दै उच्च सावधानी सहित सामाग्री वितरण अभियान चलाउन वडाध्यक्ष भुजेलले आग्रह गरे ।





