अनुसन्धानकर्ता भन्छन्, ‘गन्ध वा स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण हो’

काठमाण्डौ, २० चैत
गन्ध वा स्वाद थाहा नपाउनुलाई पनि अनुसन्धानकर्ताले खतराको संकेतका रुपमा लिएका छन् । यो सङ्केत पनि कोरोना भाइरसको लक्षण हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

बेलायतको लण्डनमा रहेको द किङ्स कलेजको एउटा समूहले ४ लाखभन्दा धेरै मानिसमा गरेको अध्ययनले यस्तो देखाएको बीबीसीले जनाएको छ ।

अध्ययनले गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकी जस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमण पनि कोरोनाको लक्षण भएको देखाएको छ ।

विज्ञहरूले सबैभन्दा धेरै ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट