भरतपुर, २० चैत
नेपालमा फेरि एक व्यक्तिमा काेराेना भाइरस काेभिड-१९ पाेजिटिभ फेला परेकाे छ ।
स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा भरखरै याे जानकारी दिइएकाे हाे । नेपालमा फेला परेका काेराेना संक्रमितमध्ये याे छैटौं हाे ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कतार एयरवेजबाट आएका नेपालीमा संक्रमण देखिएकाे हाे । तर, उनले यसबारेमा थप जानकारी दिएका छैनन् । “नेपालमा छैटौं केस पाेजिटिभ देखिएकाे छ”,उनले भने, उनी कतार एयरवेजबाट नेपाल आएका थिए ।
उनी बागलुङकी भएको पुष्टि भएको छ । उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।





