फ्रेन्च क्लब मार्सेइका पूर्वअध्यक्ष पेप डियुफको कोरोना भाइरस संक्रमणका कारण मृत्यु

काठमाडौं, १९ चैत
फ्रेन्च क्लब मार्सेइका पूर्वअध्यक्ष पेप डियुफको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ। ६८ वर्षका उनको मृत्युको कारण कोरोना संक्रमण रहेको क्लबले पुष्टि गरेको छ।

सेनेगलका डियुफ २००५ देखि २००९ सम्म मार्सेइमा अध्यक्ष थिए। जतिबेला मार्सेइ दुईपटक लिग वानमा दोस्रो स्थानमा थियो भने दुई पटक फ्रेन्च कपको फाइनलमा पनि पुगेको थियो।

२०१० मा मार्सेइले १८ वर्षमा पहिलो पटक लिगको उपाधिसमेत जितेको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट