साहित्यकार उपेन्द्र पागलकाे निधन

भरतपुर, १९ चैत वरिस्ठ साहित्यकार प्राज्ञ उपेन्द्र पागलको निधन भएको छ । स्वासप्रस्वाससम्बन्धी राेगकाे उपचार गराइरहेका पागलको बुधबार अपरान्ह ७४ वर्षको उमेरमा आफ्नै निवास सुनसरीको मधेसामा निधन भएको हो । विगत लामो समयदेखि कविता, निबन्ध, कथा तथा समालोचनामा कलम चलाइरहेका उनले राजनीतिक विश्लेषक, चिन्तक एवं कलाकारका रूपमा पनि आफ्नो पहिचान बनाएका थिए । प्राज्ञ पागल […]
विदेशमा रहेका नेपालीमा पनि कोरोनाको भय

शिव गौतम भरतपुर, १९ चैत कोरोना भाइरस संसारका २०० राष्ट्रहरूमा फैलिसकेको छ । चीनमा डिसेम्बर ३१, २०१९ मा पहिलो पटक देखिएको यो भाइरसको ठूलो असर भने अमेरिका र यूरोपमा देखिएको छ । नेपालमा कोरोना भाइरसको उपचार गर्न उपयुक्त प्रणालीको विकास नै भइसकेको छैन । यसकारण नेपालमा उक्त भाइरसले पु¥याउन सक्ने असर कल्पनाभन्दा पनि बाहिरको कुरा […]
डिजेल र पेट्रोलको मूल्य १० रुपैयाँ घट्यो

काठमाडौं, १९ चैत नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर […]
फ्रेन्च क्लब मार्सेइका पूर्वअध्यक्ष पेप डियुफको कोरोना भाइरस संक्रमणका कारण मृत्यु

काठमाडौं, १९ चैत फ्रेन्च क्लब मार्सेइका पूर्वअध्यक्ष पेप डियुफको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ। ६८ वर्षका उनको मृत्युको कारण कोरोना संक्रमण रहेको क्लबले पुष्टि गरेको छ। सेनेगलका डियुफ २००५ देखि २००९ सम्म मार्सेइमा अध्यक्ष थिए। जतिबेला मार्सेइ दुईपटक लिग वानमा दोस्रो स्थानमा थियो भने दुई पटक फ्रेन्च कपको फाइनलमा पनि पुगेको […]
रोटरी इन्टरनेशनलबाट चितवनका अस्पतालहरुलाई स्वास्थ्यसामग्री सहयोग

भरतपुर, १९ चैत रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ र रोटरी क्लब दरबारमार्गले रोटरी क्लव अफ चितवनमार्फत यहाँका चार अस्पताललाई व्याक्तिगत सुरक्षा सामाग्री (पीपीई)हरु सहयोग गरेको छ । क्लबले आज यहाँ एक कार्यक्रमका बिच भरतपुर कोरोना बिशेष(अस्थाई) अस्पताल, भरतपुर अस्पताल, चितवन मेडीकल कलेज र कलेज अफ मेडीकल साईन्सेजलाई सामाग्री हस्तान्तरण गरेको हो । रोटरी क्लब अफ चितवनका […]
चीनबाट स्वास्थसामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्ध

काठमाडौं, १९ चैत विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ ।स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार […]
लकडाउनसँग अभ्यस्त बन्दै नेपालीहरू

भरतपुर, चैत १९ दमक नगरपालिका वडा नं ५ निवासी जानुका सुवेदी एक हप्तादेखि घर बाहिर निस्किएकी छैनन् । कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै उनले नियमित रूपमा हात धुने गरेकी छिन् । प्राय: नेपालीबरुको भोगाई अहिले यस्तै छ । नोबल कोरोना भाइरसले संसारभरि नै महामारीको रूप लिएपछि त्यसको रोकथामका लागि नेपालमा पनि लकडाउन जारी गरिएको […]
डा.भाेजराजकाे प्राथमिकता : काेराेना फ्री चितवन

भरतपुर, १९ चैत भरतपुर अस्पताल विकास समितिका नवनियुक्त पदाधिकारीले बुधबार पदभार ग्रहण गरेका छन् । अध्यक्ष डा.भाेजराज अधिकारी तथा समिति सदस्यरहरू रमाकान्त सापकाेटा, केशव देवकोटा र रमा घिमिरेले बुधबार आयाेजित कार्यक्रममा पदभार ग्रहण गरेका हुन् । उनीहरूलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीले टीका लगाएर स्वागत गरे । कार्यक्रममा बाेल्दै नवनियुक्त अध्यक्ष डा. अधिकारीले आफ्नाे पहिलाे […]
प्रशासनमा भिड हुन थालेपछि चितवनमा सवारी पास जारी गर्नै बन्द

भरतपुर, १९ चैत जिल्ला प्रशासन कार्यालयले सबै किसिमका सवारी पस वितरण बन्द गरेको छ । पास माग्दै प्रशासन कार्यालयमा भीड बढ्न थालेपछि आजबाट नदिने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । कार्यालयका सूचना अधिकारी इश्वर सिंखडाले जरुरी सूचना निकालेर आजबाट सवारी पास वितरण बन्द गरिएको बताएका छन् । सवारी पास लिनका लागि […]
गाउँका मेडिकलमा औषधि पाइनै छाडे, शहरका पसलमा पनि चहलपहल कम

लेखराम सापकोटा भरतपुर, १९ चैत नारायणगढ तथा भरतपुरका प्राय: औषधि पसलहरू हिजोआज सुनसान छन् । औषधि खरिद गर्न आउनेहरू पहिलेको तुलनामा निकै कम देखिएका छन् । कोरोना भाइरस कोभिड १९ को संभावित जोखिमबाट बच्न भन्दै सरकारले अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्न निर्देशन दिएपछि बिगत नौ दिनदेखि मुलुकभरको दैनिकी बन्दप्रायः छ । सरकारले घरमै बस्न र […]
एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो

सिंगापुर, १९ चैत (रासस–एएफपी) –– साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका […]
लकडाउन प्रभाव: सुरक्षाको माग राख्दै महानगर तरकारी तथा फलफुल थोकबजार बन्द

भरतपुर, १९ चैत चितवनको मुख्य तरकारी तथा फलफुल बजार अनिश्चितकालका लागि बन्द भएको छ । लकडाउन भएपनि सञ्चालन हुदै आएको बजारमा भिड बढ्न थालेपछि बन्द गर्न बाध्य भएको जनाइएको छ । भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी थोक बजार चैत १७ गतेदेखि बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ने निर्णय भएको थियो । लकडाउन भएपछि […]
सामाजिक दूरी राख्दै खाद्यान्न बाँड्यो उद्योग वाणिज्य संघले

भरतपुर, १९ चैत उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिकाका वडा नम्बर १ र २ का दैनिक ज्यालादारी मजदुरी गरेर जीवन चलाउदै आएका परिवारलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर १ र २ का वडाध्यक्षहरुसँगको समन्वयमा खाद्यान्न सहयोग गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले बताए । वडाध्यक्षहरुको समन्वयमा सामाजिक दूरी कायम गर्दै राहत बाँडिएको श्रेष्ठले बताए । […]
पोर्चुगलमा एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गर्ने आठ नेपालीमा कोरोना संक्रमण

लिस्बन, १९ चैत पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको […]
कोरोना महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती:राष्ट्रसंघ

काठमाडौं, १९ चैत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना पनि औंल्याएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको […]
ह्वाइटहाउसको आँकलन: सामाजिक दूरी कायम गर्दा पनि अमेरिकामा २ लाखको ज्यान जान सक्छ

१९ चैत/ह्वाइटहाउसले हाल कायम सामाजिक दूरी निर्देशिका कार्यान्वयन भएको अवस्थामा पनि अमेरिकामा कोरोना महामारीबाट १ लाखदेखि २ लाख ४० हजारसम्म मानिसको मृत्यु हुने अनुमान गरेको अलजजिराले उल्लेख गरेको छ । ह्वाइटहाउसको नियमित ब्रिफिङमा मंगलबारको यो आँकलन प्रस्तुत गरिएको हो। आँकलनअनुसार सामाजिक दूरी कायम नगर्ने हो भनेचाहिँ मृत्यु हुनेको संख्या १५ लाख देखि २२ लाख पुग्न […]
खान पुग्ने आय भएकाले राहत लिए बजारमूल्य अनुसार असुल गर्ने नीति

काठमाण्डौ, १९ चैत सरकारले कोरोना भाइरस रोकथामको लागि मजदुर तथा गरिब दुःखीलाई दिने राहत तीन दिन भित्रै वितरण गर्ने योजना बनाएको छ । राहत खान पुग्ने आय भएका र राहत जरुरी नभएकाले लिएको पाइएमा बजार मूल्यअनुसार पैसा असुल गर्ने र प्रमाणीत गर्ने सदस्यलाई पनि कारबाही गर्ने नीति सरकारको छ । अर्थ मन्त्रालयले गएको आइतबार राति […]