भरतपुर, १९ चैत
जिल्ला प्रशासन कार्यालयले सबै किसिमका सवारी पस वितरण बन्द गरेको छ ।
पास माग्दै प्रशासन कार्यालयमा भीड बढ्न थालेपछि आजबाट नदिने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
कार्यालयका सूचना अधिकारी इश्वर सिंखडाले जरुरी सूचना निकालेर आजबाट सवारी पास वितरण बन्द गरिएको बताएका छन् । सवारी पास लिनका लागि प्रशासन कार्यलय अगाडी सर्वसाधारणको भिड लाग्ने गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार औषत दैनिक ७ सय जना पास लिन आउने गरेका छन् । प्राय:ले बिरामी भएको भनेर पास बनाउने गरेका छन् । पास दिनुपर्यो भनेर विभिन्न व्यक्तिको सिफारिस लिएर आउने क्रम बढेपछि प्रशासनले पास वितरण नै बन्द गरेको हो ।
सूचना






