खान पुग्ने आय भएकाले राहत लिए बजारमूल्य अनुसार असुल गर्ने नीति

काठमाण्डौ, १९ चैत
सरकारले कोरोना भाइरस रोकथामको लागि मजदुर तथा गरिब दुःखीलाई दिने राहत तीन दिन भित्रै वितरण गर्ने योजना बनाएको छ ।

राहत खान पुग्ने आय भएका र राहत जरुरी नभएकाले लिएको पाइएमा बजार मूल्यअनुसार पैसा असुल गर्ने र प्रमाणीत गर्ने सदस्यलाई पनि कारबाही गर्ने नीति सरकारको छ ।

अर्थ मन्त्रालयले गएको आइतबार राति मन्त्रिपरिषद्ले गरेको घोषणा कार्यान्वयनको लागि कार्ययोजनासमेत बनाइसकेको छ ।

अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा बनेको समितिले कार्ययोजना बनाएको हो । कार्ययोजनाअनुसार तीन दिनभित्र पालिकाहरुले यस्तो दाल, चामल, चिनी, नुन तेललगायतका खाद्यान्न वितरण थाल्नुपर्नेछ ।

यस्तै अरुको सहारामा बाँच्नुपरेका, वृद्धाश्रम र बालगृहमा रहेका बालबालिकालाई ‘लकडाउन’ अवधिभरी पुग्नेगरी खाद्यान्नको साथमा वडा कार्यालयले थप राहत दिन सक्नेछ ।

यसरी राहत दिँदा परिचयपत्रको आधारमा दिने, अनियमितता हुन नदिन राहत लिनेको जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पठाउनुपर्नेछ ।

राहत वितरणको लागि पालिकाले कोष खडा गर्नुपर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट