लकडाउनभित्रै चैती छठ पर्व मनाइँदै

गोपालप्रसाद बराल/रासस
मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्वको विधि आजदेखि शुरु भएको छ ।

चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व शुरु गरेका हुन् ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोबलिएर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ । यो विधिलाई ‘भोरका अरख’ भनिन्छ ।

छठ पर्वमा ठकुवा, भुसुवा (कसार¬) सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलपूmल तथा दहीसहितका सामग्री व्रतालुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् ।

यसपालि चैती छठका बेला कोभिड–१९ को सन्त्रासले मुलुकमा लक डाउन घोषणा गरिएकै बेला परेको हुँदा पर्वविशेषको बाहिरी चहलपहल देखिएको छैन । यसपालि कोभिड–१९ छल्न घाटमा नगएर घरमै सबै विधि गरिने व्रतालुले बताएका छन् ।

चैती छठजस्तै चैत शुक्ल प्रतिपदासँगै शुरु भएको चैते दशैँ पनि यसपालि सुनसान देखिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट