परीक्षण अति सुस्त, जम्मा ८७५ काे मात्रै जाँचियाे

काठमाडौं, १५ चैत कोरोना भाइरसको आशंकामा नेपालमा हालसम्म ८ सय ७५ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको छ। शनिबार पुनः एक जना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको हो। १९ वर्षीय युवतीमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने ब्रिफिङमा जानकारी दिएको छ। उनी बेल्जियमबाट कतार हुँदै […]

लकडाउन नमानेर प्रार्थना गराउने पास्टर पक्राउ

सुर्खेत, १५ चैत सुर्खेतको वीरेन्द्रनगरका छुट्टाछुट्टै चर्चहरूबाट दुई जना पास्टर पक्राउ परेका छन्। शनिबार लकडाउनको उल्लंघन गरी धर्मावलम्बीहरूलाई जम्मा गरेर प्राथना गरिरहेका दुई जना पास्टरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको सेताेपाटीले जनाएकाे छ । वीरेन्द्रनगरस्थित करेखोलामा रहेको ख्रिष्ट मण्डली चर्चबाट पास्टर प्रेम विश्वकर्मा र कालुञ्चोकमा रहेको निश्री एजी चर्चबाट पास्टर मोहनदास गुरुङलाई दिउँसो १ […]

चितवनका अन्य तीन जनाको रिपोर्ट पनि नेगेटिभ

भरतपुर, १५ चैत भरतपुर कोरोना अस्पतालबाट कोरना भाइरसको नमुना परीक्षणका लागि पठाईएको ११ वटै स्वाबको नतिजा नेगेटिभ आएको छ । कोरोना विशेष अस्पतालका प्रबक्ता डा.भोजराज अधिकारीले नमूना परीक्षणका लागि पठाइएका सबैको नतिजा नेगेटिभ आएको जानकारी दिए । ११ जना मध्ये पाँच जना फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीसँगै एउटै जहाजमा फर्किएका थिए ।

चितवनमा लकडाउन उल्लंघन गर्ने ९८ जना परे कारबाहीमा

भरतपुर, १५ चैत कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ९८ जनालाई आज नियन्त्रणमा लिइएको छ । जिल्लाका विभिन्न स्थानहरुबाट ४३ वटा मोटरसाइकल, ३ वटा स्कुटर, एउटा कार र १२ वटा साइकलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रबक्ता एकनारायण कोइरालाले बताए । ९३ जना पुरुष र ५ जना महिलाहरुलाई […]

कोरोना भाइरस संक्रमित युवतीसँगै जहाजमा आएका सहित चितवनका ८ जनाको रिपोर्ट नेगेटिभ

भरतपुर, १५ चैत कोरोना भाइरसको परीक्षणका लागि भरतपुरबाट पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । सन्जु कँडेल कोइराला, बुद्धिराज कोइराला, सुरेश गुरुङ, सानुमाया लिम्बू, जितबहादुर मगर, लक्ष्मी कँडेल र साजन गिरीको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुमध्ये तीन जनाले फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै एउटै जहाजमा यात्रा गरेका थिए । यहाँबाट पठाइएकाे ११ जनाको नमुना […]

चीनबाट औषधि बोकेर बायुसेवा निगमको जाहाज राति १ बजे काठमाडौं आइपुग्ने

काठमाडौं, १५ चैत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगायत सामान उत्पादक/वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी ल्याउन थालेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा विभागबाट स्वदेशभित्रैका उत्पादक/वितरकलाई सार्वजनिक सूचना प्रकाशन गरी पटक […]

खाद्यबस्तुका पसल दैनिक ६ घण्टा खोल्न दिने तयारी

काठमाडौं, १५ चैत लकडाउनको अवधिमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ। दैनिक उपभोग्य वस्तु बेच्ने व्यापारी कतिखेर पसल खोल्ने भन्नेमा अलमल परेपछि पसल खोल्ने समय तोकिएको हो। समय तालिका अनुसार चामल, दाल, तेल, दूध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध हुने पसल दिनमा २ पटक पसल खोल्न […]

बेल्जियमबाट आएकी बागलुङकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, १५ चैत बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा […]

श्रीलङ्कामा कर्फ्यु उल्लंघन गर्ने हजारौ पक्राउ

१५ चैत (रासस/एपी) श्रीलङ्कामा कर्फ्यु उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ । कर्फ्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन । श्रीलङ्कामा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यहि मार्च २० तारिखदेखि कर्फ्यु लगाईएको छ । सरकारले अत्यावश्यक काम पर्ने बाहेकलाई हिडडुल गर्न निषेध गरेको छ । सरकारको […]

संयुक्त राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

१५ चैत (रासस/एपी) संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही […]

शिक्षक, कर्मचारीलाई न्यूनतम एक दिन बराबरको तलब सहयोग गर्न आग्रह

१५ चैत/नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षक र कर्मचारीलाई आफ्नो न्यूनतम् एक दिन बराबरको तलब सुविधा दिन आह्वान गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले सङ्कलित रकम सरकारलाई हस्तान्तरण गर्ने जनाउँदै कोरोना भाइरसबाट बच्न र बचाउन सबैमा आग्रह पनि गर्नुभयो । उहाँले सरकारले जारी गरेको लकडाउनमा समर्थन जनाउन पनि आग्रह गर्नुभयो ।

नवलपुरका विद्युत् व्यवसायीको सहयोग

भरतपुर १५ चैत कोभिड १९ कोरोना भाइरसको संक्रमणसँगै लकडाउन आह्वान गरिएपछि काम गुमाएर अलपत्र परेकाहरुलाई खाद्य सामग्री वितरण गरिएको छ । निर्माण तथा कलकारखानामा काम गरी बिहानबेलुकाको छाक टार्ने परिवारलाई विद्युत् व्यवसायी संघ नवलपुरले सहयोग गरेको हो । संघका कार्यसमिति सदस्यहरूले संकलन गरेको दश हजार रुपैयाँ बराबरको खाद्य सामाग्री कावासोती क्षेत्रमा प्रदान गरिएको हो । […]

आइएमई पेले ल्यायो ‘चार गुण सशक्त’ योजना, चार प्रतिशत व्याज, पाँच प्रतिशत क्यासव्याक

भरतपुर, १५ चैत आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि मोबाइल वालेट एप–‘आइएमई पे’ मार्फत ‘चार गुण सशक्त’ नामको नयाँ योजना ल्याएको छ । आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको व्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरी ४ प्रतिशत व्याज पाउनेछन् । यसका […]

साहित्यकारको ‘लकडाउन’ : पढाइ लेखाइमै ध्यान

लेखराम सापकोटा भरतपुर, १५ चैत कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले सबै देशबासीलाई घरमै बस्न आह्वान गर्दै साता लामो ‘लकडाउन’ गरेको छ । मंगलबारबाट आह्वान भएको लकडाउन आज पाँचौं दिन आइपुग्दा आमनागरिकले यसलाई पालना गरेको देखिन्छ । त्यसो त कोरोना भाइरसको संक्रमणबाट बच्न आइसोलेसन (एकान्तबास)को विकल्प नै छैन । आइसोलेसन बस्दा पालना गर्नुपर्ने नियम […]

कोरोना परीक्षणका लागि नमुना लिन नेपालगञ्ज पुगेको जहाज विमानस्थलमा दुर्घटना

काठमाडौं, १५ चैत कोरोना परीक्षणका लागि नमुना लिन नेपालगञ्ज पुगेको नेपाल एयरलाइन्सको वाई-१२ जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ। जहाज रनेबाट चिप्लिएर घाँसेमैदान तर्फ पुगेको थियो। जहाज दुर्घटनामा परेपनि कुनै मानवीय क्षति भने भएको छैन। जहाज चिप्लिएर घाँसेमैदनमा पुगेपनि कुनै मानवीक्ष क्षति नभएको नेपाल नागिरक उड्डयन प्राधिकरणा महानिर्देशक राजन पोखरेलले नेपाल लाइभलाई जानकारी दिए। स्वास्थ्य […]

लकडाउनभित्रै चैती छठ पर्व मनाइँदै

गोपालप्रसाद बराल/रासस मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्वको विधि आजदेखि शुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व शुरु गरेका हुन् । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको […]

लकडाउनको उल्लंघन बढेपछि स्थानीयबासीले नै गरे बाटो बन्द

पोखरा, १५ चैत लकडाउनका समयमा पोखरा महानगरपालिका–३३ स्थित बरभोटेनी हुँदै तनहुँ तथा स्याङ्जातर्फ आवतजावत गर्ने क्रम बढेपछि आज स्थानीयवासीले बाटो बन्द गरिदिएका छन् । साविक भरतपोखरी गाविसको वडा नं ५ र ६ को सिमानामा पर्ने बरभोटेनी हुँदै तनहँुको दुलेगौँडा, स्याङ्जाको प्युरीदोभानलगायतका स्थानका साथै ती स्थानबाट पोखराको छोरेपाटन निस्कने क्रम बढेपछि बरभोटेनीमा बाटोमा अस्थायी बार लगाएर […]

आजबाट मौसम सुधार

Mausam

१५ चैत/पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सुधार हँुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय प्रणाली आजदेखि बाहिरिने क्रम शुरु भएकाले मौसम सुधार हुँदै जाने मौसमविद् गङगा नगरकोटीले बताउनुभयो । प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम अपराह्न तथा साँझपख परिवर्तन भइरहन्छ । उहाँका अनुसार प्रिमनसुनको प्रवृत्ति दिनमा […]

मजदुरी गरी खानेलाई राहत दिंदै खैरहनी नगरपालिका

धु्रवराज खनाल खैरहनी, १५ चैत खैरहनी नगरपालिकाले ज्याला मजदुरी गरी जीवन निर्वाह गर्नेहरुलाई राहत उपलव्ध गराउने भएको छ । लकडाउनको समय लम्बिन सक्ने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले त्यस्ता परिवारहरुलाई राहत स्वरुप खाद्यान्न उपलव्ध गराउने भएको हो । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीको अध्यक्षतामा शनिबार बसेको आपतकालिन बैठकले नगर भित्र त्यस्ता परिवारको तथ्यांक संकलन गर्ने काम […]

अमेरिकाले बनायो पाँच मिनेटमै कोरोनाको परीक्षण गर्ने प्रविधि, आगामि साताबाट प्रयोगमा ल्याइने

अमेरिका, १५ चैत अमेरिकाले पाँच मिनेटमै कोरोनाको परीक्षण गर्ने प्रविधि निर्माण गरेको दाबी गरेको छ । अमेरिकाको इलिनोयमा मुख्यालय रहेको एउटा ल्याब कम्पनीले ५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउने प्रविधि विकाश गरेको हो । यो प्रविधिलाई शुक्रबार स्वीकृति प्रदान गरिएको छ । एबोट नामको ल्याबले ५ मिनेटभित्र कोरोना पत्ता लगाउन सक्ने प्रविधिलाई स्वीकृतिप्राप्त भएको जनाएको […]

अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण

अस्ट्रेलिया, १५ चैत अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु अहिले आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेका छन । संक्रमित सबै युवती रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ । सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा गरेर बसिरहेका ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो। तर जाँच गरेर नतिजा […]

कार्बन उत्सर्जनमा कमी आउँदा ओजोन तहमा निरन्तर सुधार

काठमाडौं, १५ चैत पछिल्लो समय ओजोनको तहमा सुधार आइरहेको एक अध्ययनले देखाएको छ । कोलोराडो बोउल्डर यूनिभर्सिटीले गरेको एक अनुसन्धानले अन्टार्कटिकाभन्दा माथिको ओजोन तहमा निरन्तर सुधार आइरहेको देखाएको हो । वैज्ञानिकहरुका अनुसार अहिले दक्षिणी गोलार्धको वायुमण्डलमा देखिँदै आएको धेरै जोखिमपूर्ण परिवर्तन रोकिएका छन् । तर, यो परिवर्तन अस्थायी मात्र पनि हुन सक्ने उनीहरुले बताएका छन् […]

समाजिक सञ्जालमा काउन्सिलको कडाई: लाइक, कमेन्ट, शेयर, रिट्विट आफैँले लेखेसरह !

काठमाडौं, १५ चैत प्रेस काउन्सिल नेपालले कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीको निम्ति निर्देशिका जारी गरेको छ । निर्देशिकामा विश्वब्यापीरुपमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वहरु समेटिएका छन् । निर्देशिकामा सत्य–तथ्य र आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना सम्प्रेषण गर्न, […]

प्रेस काउन्सिलको निर्णय: भ्रम फैलाउने ३ वेवसाइट बन्द

काठमाडौं, १५ चैत नेपाल प्रेस काउन्सिलले कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराएको छ । काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ । यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने […]

अमेरिकामा कोरोना संक्रमणका कारण एकै दिनमा ४ सय बढीको मृत्यु

काठमाडौं, १५ चैत अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको छ । त्यस्तै शुक्रबार एकैदिन अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । यससँगै समग्र संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ । […]

इटलीकी १०२ वर्षीया वृद्धालाई निको भयो करोना भाइरस

रोम, १५ चैत इटलीमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित एक जना १०२ वर्षीया वृद्धा निको भएकी छिन् । इटलीको उत्तरी क्षेत्रमा पर्ने जेनोआ सहरी १०२ वर्षीया वृद्धा २० दिनको अस्पताल बसाइपछि निको भएर घर फर्किएको सीएनएनले जनाएको छ । ‘हामीले उनलाई ‘हाइल्यान्डर’(अमर) उपनाम दिएका छौं,’ १०२ वर्षीया इटलीका ग्रोन्डोनाको उपचारमा खटिएका सान मार्टिनो अस्पतालका चिकित्सक भेरा […]

इटलीमा एकै दिनमा ९ सय १९, स्पेनमा ७ सय ७७ जनाको मृत्यु

काठमाडौं, १५ चैत इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा […]

ट्रम्पले गरे अमेरिकी इतिहासकै ठूलो राहत प्याकेजमा हस्ताक्षर

१५, चैत/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । कोरोना भाइरसले थलिएको अर्थतन्त्र सुधारका लागि ट्रम्पले १ दशमलव ७ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएको छ । यसैबीच विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वका २ सय २ देशमा ५ लाख १२ हजार ७ सय १ […]

यूएईमा थप दुई नेपालीमा कोरोना संक्रमण

युएई, १५ चैत यूएईमा थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसंगै यहाँ कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ । यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि निको भएका […]