अमेरिकाले बनायो पाँच मिनेटमै कोरोनाको परीक्षण गर्ने प्रविधि, आगामि साताबाट प्रयोगमा ल्याइने

अमेरिका, १५ चैत
अमेरिकाले पाँच मिनेटमै कोरोनाको परीक्षण गर्ने प्रविधि निर्माण गरेको दाबी गरेको छ । अमेरिकाको इलिनोयमा मुख्यालय रहेको एउटा ल्याब कम्पनीले ५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउने प्रविधि विकाश गरेको हो । यो प्रविधिलाई शुक्रबार स्वीकृति प्रदान गरिएको छ ।

एबोट नामको ल्याबले ५ मिनेटभित्र कोरोना पत्ता लगाउन सक्ने प्रविधिलाई स्वीकृतिप्राप्त भएको जनाएको छ । उक्त कम्पनीले आगामी सातादेखि स्वास्थ्य सेवा प्रदायकका लागि यो सेवा उपलब्ध गराउने जनाएको छ ।

इलिनोयको लेक बल्फको कम्पनी एबोटले हरेक दिन ५० हजारको टेस्ट गर्नसक्नेगरी उत्पादन गर्ने जनाएको छ । एफडीएले यो प्रविधिलाई आपतकालिन रुपमा स्वीकृति प्रदान गरेको हो ।

अमेरिकामा हालसम्म १ लाख ४ हजार भन्दा बढी संक्रमित भएका छन् भने १७ सय बढीले ज्यान गुमाइसकेका छन् । २५ सय बढी उपचारपछि निको भएका छन् भने २५ सय बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । झण्डै एक लाखको उपचार भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट