काठमाडौं, १५ चैत
नेपाल प्रेस काउन्सिलले कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराएको छ ।
काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ ।
यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको छ ।
बन्द गरिएको वेवसाइटको नाम भने खुलाइएको छैन ।
काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै आमसञ्चारमाध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित भएर थप जिम्मेवारी सहित सूचना संप्रेषणमा जुट्न आह्वान गरेको छ ।
विज्ञप्ति

.





