सरकारको निर्णय त्रिविले टेरेन

काठमाडौं, ६ चैत
संसारभर फैलिइरहेको महामारी कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले आज बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसईई)लगायतका सबै परीक्षा रोक्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालले त्यो निर्णयलाई बेवास्ता गरेको छ । त्रिविले सरकारको निर्णयविपरीत बिहीबारका सबै परीक्षा सञ्चालन गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वमा बनेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार नै बिहीबारदेखिका सबै परीक्षा तथा पठनपाठन रोक्ने निर्णय गरेको थियो। सत्तारुढ नेकपा सचिवालयको निर्देशनपछि सरकारले यस्तो निर्णय गरेको थियो। लगत्तै शिक्षा मन्त्रालयले पनि सबै परीक्षा रोक्न निर्देशन जारी गरेको थियो।

तर, त्रिविले बिहीबार बिहानका सबै परीक्षा सञ्चालन गर्‍यो भने मध्यान्हदेखि सुरु परीक्षा पनि जारी रहने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। सरकारले गरेका निर्णय त्रिविले किन मानेन भन्ने प्रश्नमा उपकुलपति धर्मकान्त बाँस्कोटाले भने, ुत्रिविको कार्यकारी परिषद्ले निर्णय नगरी पूर्वनिर्धारित परीक्षा स्थगित गर्न मिल्दैन।ुउनले चैत ७ गते शुक्रबारदेखिका परीक्षा स्थगित गर्नेबारे कार्यकारी परिषद्को आपत्‌कालीन बैठक बिहीबार बस्ने पनि बताए। उनले सरकारको निर्णयअनुसार शुक्रबारदेखि हुने परीक्षालाई परिषद्ले स्थगित गर्ने पनि बताए।

त्रिविमा मानवशास्त्र विषयका प्राध्यापक डम्बर चेम्जोङले सरकारको निर्णय विश्वविद्यालयहरुले मान्‍नैपर्ने बताएका छन्। फेसबुकमार्फत प्राध्यापक चेम्जोङले स्वायत्त भनेर त्रिवि उम्किन नमिल्ने बताएका छन्। उनले लेखेका छन्, ुटियु सरकारी विश्वविद्यालय हो। यस्को स्वासनली नै सरकारको मुठ्ठीमा छ।टियु ‘स्वायत्त’अन्य अर्थमा होला,कोभिड(१९ मा होइन। जीवन ठूलो कि जाँचरु संसारकै स्वास्थ्यमाथि आइपरेको यो संगीन परिस्थितिको तकाजा लिन त कता कता, सरकारको निर्णय समेत बुझ्न नसक्नु शरमको कुरा हो। टियु रोगव्याधले नछुनेगरी स्वायत्त होइन।यति कुरा बुझ्न प्रा डा हुन पर्दैन। स्कुल पढ्नै पर्दैन।ु

शिक्षा मन्त्रीको ढुलमुले बोली, परीक्षार्थी रातभरी तनावमा

शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणि पौडेलले बुधबार ४ घण्टाको अन्तरमा बोली फेर्दा बिहीरबार रातिदेखि परीक्षार्थी र अभिभावक तनावमा रहे। बुधबार साँझ बिहीबारका सबै परीक्षा स्थगित गरिएको बताए।साँझ कान्तिपुरसँगको कुराकानीमा उनले भनेका थिए, ‘हो, भोलि ९बिहीबार० देखिका सबै परीक्षाहरु स्थगित हुन्छ।’

त्यसको ४ घण्टापछि अर्थात् बुधबार राति फेरि सरोकारवालाको फोन र जिज्ञासापछि कान्तिपुरले पुन टेलिफोन सम्पर्क गर्दा उनले त्रिवि स्वायत्त निकाय भएकोले निर्णय आफैंले गर्न सक्ने प्रतिक्रिया दिए । उनले भनेका थिए, ‘सरकारले स्थगित गर्ने निर्णय गरेको हो । त्रिवि स्वायत्त निकाय हो । उसले आफैंले पनि निर्णय गर्नसक्छ। व्यवस्थापन गर्न समय पनि चाहिन सक्छ। त्यसैले त्रिविले आफैं निर्णय गर्न सक्छ ।’
कान्तिपुर डटकम बाट

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट