के हामी हाम्रो लेखाइ प्रति सम्वेदनशील छौं ?

चितवन, चैत ६ हाल संचारकर्मी तथा शिक्षित वर्ग भन्नेहरूबाट गैर जिम्मेवारीपूर्ण तरिकाबाट सामाजिक संजाल तथा केही अनलाइन मिडियामा आउने अभिव्यक्ति तथा खबर हेर्दा साह्रै लज्जित लाग्छ । सरकार कोरोना संक्रमणबाट बच्नको लागि आइसोलोसन र सेल्फ कोराइनटाइनमा बस्नु भन्छ, अनि शिक्षित बर्ग भन्नेहरू संगै संचारकर्मी त्यही भनाइलाई अर्को अर्थमा लेख्न सुरू गर्छन् अनि भन्छन् नालायक सरकारले […]

कैदी बन्दीको संख्या घटाउन मानव अधिकार समितिको निर्देशन

काठमाडौं, ६ चैत प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले तत्काल कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले कारागारमा कोरोना भाइरस संक्रमण भएमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको संख्या घटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । हाल नेपालका धेरै कारागारमा क्षमता भन्दा धेरै कैदी बन्दी राखिएको छ । […]

कोरोना प्रभावःमनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने

काठमाडौं, ६ चैत मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए । शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको नायव महाप्रबन्धक कायस्थले बताए । उच्चस्तरीय समितिले भिडभाड नगर्न र भिडभाडयुक्त कार्यक्रम र […]

लोक सेवा आयोगका सबै लिखित परीक्षा स्थगित

काठमाडौं, ६ चैत लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण अर्यालले जानकारी दिएका छन् । लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित […]

२५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समितिको बैठक स्थगित

काठमाडौं, ६ चैत २५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ । तीन तहबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफल गर्न समितिको बैठक बोलाइएको थियो । करिब ४५ मिनेट बैठक बस्यो पनि । त्यसपछि नेपाली कांग्रेस सांसद पुष्पा भुसाल, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विन्दा पाण्डेलगायतले २५ जनाभन्दा बढी […]

भरतपुर महानगरपालिका प्रवेश गर्नलाई स्यानिटाइजर अनिवार्य, कर्मचारीको ज्वरो परीक्षण

भरतपुर, ६ चैत भरतपुर महानगरपालिकाको कार्यालयले कार्यालय प्रवेश गर्ने सबैलाई स्यानिटाइजर अनिवार्य गरेको छ । महानगर प्रहरीले गेटमा बसेर सेवाग्राहीहरुलाई स्यानिटाइजर छर्किएर मात्रै भित्र पठाएको छ । महानगरपालिकाका सूचना अधिकारी मेनका पंडितले सेवाग्राहीलाई हातको सफाई पनि अनिवार्य गरिने बताइन् । “यसका लागि गेट नजिकै रहेको धारोमा हात धुने व्यवस्था मिलाउँछौं”, उनले भनिन् । नगरपालिका सँग […]

१ सय ३ वर्षीया महिलाले जितिन कोरोना भाइरसलाई, चिकित्सक भन्छन्, ‘चमत्कार भयो’

तेहरान, ६ चैत कोरोनाको संक्रमण १ सय ६४ देशमा फैलिसकेको छ । यसको संक्रमणबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धाहरु छन् । चिकित्सका अनुसार अन्य रोगको संक्रमण भएका तथा रोग प्रतरोधात्मक क्षमता कम भएका व्यक्तिमा कोरोना संक्रमणको संभावना बढी हुन्छ । वृद्धवृद्धाहरुमा रोग प्रतिरोधात्म क्षमता कम भएको मानिन्छ । तर कतिपय जेष्ठ नागरिक भने कोरोना भाइरसलाई पनि […]

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पन्ध्र घाइते

परासी, ६ चैत पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका–१ बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर्दघाट–४ का ५३ वर्षीय रत्नबहादुर कामीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१च ९६२२ नंको […]

उखु पेल्दै

तनहुँको व्यासनगरपालिका–६ बाह्रबीसेमा काठको कोलमा उखु पेल्दै स्थानीयवासी । पछिल्लो समय काठको कोल विस्थापन हुँदै गएको पाइन्छ । तस्वीर:सानेबहादुर नेपाली/रासस  

कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिले गरे अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या

काठमाडौं, ६ फागुन भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका छन् । संक्रमणको आशंकापछि राजधानी दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आत्महत्या गर्नेको परिचय खुलाइएको छैन । र, उनले किन यस्तो बाटो रोजे भन्ने पनि अस्पष्ट छ । यद्यपि, कोरोनाको तनावले […]

शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलिया प्रबेशमा रोक

सिड्नी, ६ चैत अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा गरेका छन् । केही दिनअघि उनले अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए । शुक्रबारदेखि अस्ट्रेलियामा नागरिक तथा स्थायी बासिन्दा बाहेक कोही पनि प्रवेश नपाउने भएपछि अस्ट्रेलिया झन्डै […]

‘सेल्फ क्वारेन्टाइन’मा बसेकी सोनमले झ्यालबाट सासुसँग कुरा गरेको भिडियो भाइरल

६ चैत/कोरोना भाइरसको संक्रमणले बलीउडलाई पनि असर गरिरहेको छ । भाइरसको संक्रमणबाट बच्न कलाकारहरु ‘सेल्फ क्वारेन्टाइन’मा बस्न थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पछिल्लो समयमा सेल्फ क्वारेन्टाइनमा बसेकी हिरोइन हुन् सोनम कपुर । बलीउडकी चर्चित अभिनेतृ सोनम केही दिन अघि मात्रै पति आनन्द आहूजासँग लण्डन घुमेर फर्किएकी थिइन् । घर फर्किएलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा […]

सरकारको निर्णय त्रिविले टेरेन

काठमाडौं, ६ चैत संसारभर फैलिइरहेको महामारी कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले आज बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसईई)लगायतका सबै परीक्षा रोक्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालले त्यो निर्णयलाई बेवास्ता गरेको छ । त्रिविले सरकारको निर्णयविपरीत बिहीबारका सबै परीक्षा सञ्चालन गरेको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वमा बनेको […]

यसरी बन्दैछ भरतपुर कोरोना विशेष(अस्थायी) अस्पतालमा(फोटो फिचर)

भरतपुर, ६ चैत चितवन प्रदर्शनी केन्द्रलाई कोरोना भरतपुर कोरोना विशेष(अस्थायी) अस्पतालमा रुपान्तरणको काम द्रुत गतिमा अघि बढ्दैछ । कोरोना भाइरसका कारण निम्तनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै भरतपुरमा अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो । भरतपुर महानगरपालिकाको समन्वयमा जिल्लाका सरोकारवाला निकायहरुले अहिले काम गरिरहेका छन् । कूल ७० शैया रहने भनिएको यस अस्पतालमा ५० शैयाको जनरल […]

स्वास्थ्यकर्मीलाई कोरोनाको त्रास:भाइरसबाट जोगिने कपडै छैन

“हामीलाई पैसाभन्दा पनि उपचारका क्रममा प्रयोग गर्ने सामग्रीहरु सुरक्षाको दृष्टिले उपयुक्त हुने ग्यारेन्टी गरिनुपर्छ”, स्वास्थ्यकर्मीले भन्छन्, “सुरक्षामा लापरबाही नहोस् ।” राजेश घिमिरे भरतपुर, ५ चैत चीनमा केही हप्ताअघि कोरोनाको संक्रमण भएका व्यक्तिको उपचारमा संलग्न चिकित्सककै मृत्यु भएको खबरले विश्वको ध्यान तान्यो । पछिल्ला दिनमा अर्को छिमेकी देश भारतमा पनि धेरै स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमासमेत कोरोना संक्रमण […]

चौतारी नमूना टोलमा उज्यालो बत्ती जडान

भरतपुर, ६ चैत चौतारी नमूना टोल सुधार संस्था नारायणगढले र भरतपुर महानगरपालिका सँगको साझेदारीमा आफ्नो क्षेत्रमा उज्यालो बत्ती जडान गरेको छ । उज्यालो टोल कार्यक्रमअन्तर्गत चौतारीले यो कार्यक्रम ल्याएको टोल सुधारका अध्यक्ष गोबिन्द अर्यालले बताए । टोलका ६० वटा विद्युत् पोलहरुमा बत्ति जडान गरिएका छन् । फोटो:अजिता अधिकारी