भरतपुर, ६ चैत
चितवन प्रदर्शनी केन्द्रलाई कोरोना भरतपुर कोरोना विशेष(अस्थायी) अस्पतालमा रुपान्तरणको काम द्रुत गतिमा अघि बढ्दैछ ।

कोरोना भाइरसका कारण निम्तनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै भरतपुरमा अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो ।

भरतपुर महानगरपालिकाको समन्वयमा जिल्लाका सरोकारवाला निकायहरुले अहिले काम गरिरहेका छन् । कूल ७० शैया रहने भनिएको यस अस्पतालमा ५० शैयाको जनरल वार्ड र ओपीडी भोली विहान सम्म तयार हुने संभावना छ ।

मंगलबार विहान ७२ घण्टा भित्रमा कोरोना विशेष(अस्थायी) अस्पताल निर्माण गरिसक्ने घोषणा गरिएपनि आइसीयू र हाइ डिपेन्डेन्ट युनिट(एचडीयू) तयार गर्न केही समय लाग्ने छ ।



फोटोः राजेश घिमिरे




