भरतपुर महानगरपालिका प्रवेश गर्नलाई स्यानिटाइजर अनिवार्य, कर्मचारीको ज्वरो परीक्षण

भरतपुर, ६ चैत
भरतपुर महानगरपालिकाको कार्यालयले कार्यालय प्रवेश गर्ने सबैलाई स्यानिटाइजर अनिवार्य गरेको छ । महानगर प्रहरीले गेटमा बसेर सेवाग्राहीहरुलाई स्यानिटाइजर छर्किएर मात्रै भित्र पठाएको छ ।

महानगरपालिकाका सूचना अधिकारी मेनका पंडितले सेवाग्राहीलाई हातको सफाई पनि अनिवार्य गरिने बताइन् । “यसका लागि गेट नजिकै रहेको धारोमा हात धुने व्यवस्था मिलाउँछौं”, उनले भनिन् ।

नगरपालिका सँग अहिले समिति मात्रामा स्यानिटाइजर रहेको छ । उत्पादकसँग थप स्यानिटाइजरका लागि कुरा भएको महानगरले जनाएको छ ।

मेयरको ज्वरो जाँच
महानगरपालिकाले कार्यालयमा कार्यरत कर्मचारीहरुको ज्वरो परीक्षण गरेको थियो । मेयर रेनु दाहालको ज्वरो जाँचेर कर्मचारीको ज्वरो परीक्षण सुरु गरिएको थियो ।

सो क्रममा इन्फ्रोरेट थर्मोमिटरको माध्यमबाट प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, प्रवक्ता अरुणपीडित भण्डारी तथा विभिन्न वडाका अध्यक्ष तथा कर्मचारीहरुको ज्वरो परीक्षण गरिएको थियो ।

फोटोःराजेश घिमिरे

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट