कैदी बन्दीको संख्या घटाउन मानव अधिकार समितिको निर्देशन

काठमाडौं, ६ चैत
प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले तत्काल कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले कारागारमा कोरोना भाइरस संक्रमण भएमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको संख्या घटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

हाल नेपालका धेरै कारागारमा क्षमता भन्दा धेरै कैदी बन्दी राखिएको छ । मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले विदेशमा पनि यस्तो अभ्यास भएकाले नेपालमा पनि कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट