डा.बीएम खरेलको निधन

भरतपुर, २६ फागुन
सामाजिक व्यक्तित्व डा.बीएम खरेलको निधन भएको छ । उपचारको क्रममा आइतबार राती ९ः३९ बजे पुरानो मेडिकल कलेजमा डा.खरेलको निधन भएको हो । डा.खरेल लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

घरमै आराम गरिरहनु भएकी खरेललाई असहज भएपछि अस्पताल भर्ना गरिएको थियो । डा.खरेलका एक मात्र छोरा छन् । डा.खरेल एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.भरतपुरको संस्थापक एवं प्रवन्ध निर्देशक हुनुहुन्थ्यो । हाड जोर्नी रोग विशेषज्ञ डा.प्रमोद लामिछाने डा.खरेलका श्रीमान हुनुहुन्छ ।

डा.खरेल र डा.प्रमोदले थुप्रै बिरामीको निःशुल्क उपचार गरेर समाजमा उदाहरणीय व्यक्तित्वको रुपमा पहिचान बनाएका छन् । स्वर्गीय डा.खरेलको पार्थिव शरीर सोमबार बिहान ८ देखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि एलाईभ हस्पिटल राखिर अपरान्ह देवघाटमा अन्त्येष्टि गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट