साहित्य गतिविधिमा दूतावासको सहयोग पाएका छौं

कायाकैरन दैनिकको मेरो सिर्जन स्तम्भका फागुन महिनाका पाहुना शिशिर दूरवस्तिकोसँग गरिएको कुराकानी । तपाईंको प्रवासको यात्रा कहिले र कसरी सुरु भयो ? अनि कसरी साहित्यिक माहोलमा प्रवेश गर्नुभयो ? मेरो वैदेशिक यात्रा सन् २००५ डिसेम्बर २३ तारिखदेखि खाडी मुलुक कतारको दोहाबाट सुरु भएको हो । मिडल इस्टको उदाउँदो देश थियो त्यतिबेला कतार । म एउटा […]

पत्रकारिताको अनुभवले कथासङ्ग्रह निकाल्न सजिलो भयोः पराजुली

पत्रकार वसन्त पराजुलीको परिचय थपिएको छ । आजदेखि आख्यानकारका रूपमा पनि उनी दर्ज हुँदैछन् । दुई दशक अगाडिबाट पत्रकारिता गरिरहेका पराजुलीले पछिल्लोपटक कथा लेखनमा सक्रियता देखाए । फलस्वरूप उनका कथाहरूले किताबको आकार लियो । उनको कथासङ्ग्र्रह कुमाता आज सार्वजनिक हुँदैछ । हरेक कथामा सामाजिक यथार्थवादी विषयवस्तुलाई समेटेका छन् । पुस्तक भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको […]

पराजुलीको कथा संग्रह कुमाता विमोचन

भरतपुर, २६ फागुन पत्रकार वसन्त पराजुरीद्वारा लिखित कुमाता कथाहरुको संग्रहको सोमवार एक कार्यक्रमका विच विमोचन गरियो । नेपाल लघु कथा समाजका अध्यक्ष एवं गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन र कथाकारकी आमा गोमा पराजुलीले सो कथासंग्रहको संयुक्त विमोचन गर्नुभएको हो । अक्षर समुहको आयोजनामा भएको कृति विमाचोन कार्यक्रममा वोल्दै श्रेष्ठले सृजनामा विश्वास गर्ने मान्छे […]

डा.बीएम खरेलको निधन

भरतपुर, २६ फागुन सामाजिक व्यक्तित्व डा.बीएम खरेलको निधन भएको छ । उपचारको क्रममा आइतबार राती ९ः३९ बजे पुरानो मेडिकल कलेजमा डा.खरेलको निधन भएको हो । डा.खरेल लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । घरमै आराम गरिरहनु भएकी खरेललाई असहज भएपछि अस्पताल भर्ना गरिएको थियो । डा.खरेलका एक मात्र छोरा छन् । डा.खरेल एलाइभ हस्पिटल एण्ड […]

सरकारले भन्यो–उपभोग्य वस्तुको अभाव छैन, बढी मूल्य लिए कारवाही भोग्नुपर्ला

काठमाडौं, २६ फागुन सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै […]

युवतीहरुको लागि स्वास्थ्य सचेतना तथा सेनेटरी प्याड वितरण

कालिका, २६ फागुन पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर–९ शक्तिखोरमा युवतीहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रम तथा निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ । शक्तिखोर, सिद्धी र काउलेका ६० जना युवती तथा महिलाहरुको सहभागिता रहेको कार्यक्रम सामुदायिक सहयोग केन्द्र सौराहाको स्थानीय संयोजन तथा लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरको सहयोगमा सो कार्यक्रम भएको थियो […]

महिलालाई स्वीकारौं

कानूनमा व्यवस्था गर्नु, भाषणमा स्वीकार गर्नु एउटा कुरा, व्यवहारमा कार्यान्वयन गर्नु अर्कै कुरा । महिलाअधिकारको वास्तविक प्रत्याभूति त व्यवहारमा कार्यान्वयन भएपछि नै हुने हो । हिजो मार्च ८ का दिन सबैले अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मनाए । विश्वभरि नै महिलाको जयजयकार गरियो । नारी हुनु र नहुनुमा फरक के हुन्छ भन्नेमा चर्चा पनि धेरैले गरे […]

सांसद पोखरेलको निर्वाचन क्षेत्र कार्यक्रमको पहिलो सडक तयार

भरतपुर, २६ फागुन भरतपुर–७ कृष्णपुरस्थित सनराईज टोल विकास संस्थाअन्तर्गत सगरमाथा मार्गको बाटो निर्माण कार्य सम्पन्न भएको छ । प्रतिनिधि सभाका सांसद कृष्णभक्त पोखरेलको निर्वाचन क्षेत्र कार्यक्रमबाट प्राप्त रकमले सो मार्गको करिब १ सय ३५ मिटर बाटो निर्माण कार्य सम्पन्न भएको हो । सांसद पोखरेलले सो बाटो निर्माणका लागि १२ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेका […]

लघुकथामाथि छलफल

भरतपुर । समकालीन नेपाली प्रतिनिधि लघुकथा सङ्ग्रहमाथि भरतपुरमा छलफल चलाइएको छ ।चितवन साहित्य परिषद् र सम्पूर्ण किताबले आयोजना गरेको कार्यक्रममा समीक्षक मिलन समीरले पुस्तकका बारेमा टिप्पणी गरे । पुस्तकमा नेपाली भाषामा कलम चलाइरहेका मानक स्रस्टाहरूका लघुकथाहरू छन् । समसामयिक विषयवस्तुमा लेखिएका १ सय बाउन्न जना स्रस्टाका तीन सय आठ लघुकथाहरू यस सङ्ग्रहमा छन् । आख्यानकार […]

पुवुदुले भने, “यो रंगशालाले नेपाली क्रिकेटलाई माथि लैजानेछ”

भरतपुर । पुवुदु दसानायकले नेपाली क्रिकेटको सफल नेतृत्व गरे । ‘इन्टरनेसनल एक्सपोजर’ धेरै नपाएको नेपाली टोलीलाई अन्तर्राष्ट्रिय माहोलमा राम्रै छाप छोडिदिए । अहिले उनी नेपाली क्रिकेटको नेतृत्वमा छैनन् । तर, यहाँको माया भने मारेका छैनन् । केही न केही बहानामा उनी नेपाल आइरहन्छन् ।   पछिल्लोपटक उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल)को बहानामा नेपाल आए । […]

जीवन पाउँदै अमिलिया बस्ती

यहाँ ३ सय ५० घरधुरी थिए । चैते र वर्षे धान खेती, गहुँ र मकै निकै फल्थ्यो । निकुञ्जबाट आउने जनावरले सखाप पार्न थालेपछि किसान अन्यत्र बसाइ सर्न थाले । ४ वर्ष पहिले १ सय ३० घर थिए । अहिले कुनै घर छैन । विप्लव काफ्ले भरतपुर ।  माडीको विस्थापित गाउँ अमिलियामा व्यावसायिक माछापालन सुरु […]