ग्लोबल आईएमई बैंकको रक्तदान

भरतपुर, १७ पुस
ग्लोबल आइएमई बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले रक्तदान गरेका छन् ।
केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यका बाहिर ७ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
उपत्यका बाहिर प्रदेश नं. १ को विराटनगर शाखा, प्रदेश नं. २ को जनकपुर शाखा, प्रदेश नं. ३ को नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, प्रदेश नं. ५ को बुटवल चौराहा शाखा र नेपालगञ्ज शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । नारायणगढमा ५३ र भण्डारामा ३८ जनाले रक्तदान गरेका छन् । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा यही पौष १७ गतेदेखि एक महिनासम्म विभिन्न सामाजिक कार्यहरु आयोजना गर्दैैछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट