ग्लोबल आईएमई बैंकको रक्तदान

भरतपुर, १७ पुस ग्लोबल आइएमई बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको छ । बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले रक्तदान गरेका छन् । केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यका बाहिर ७ स्थानमा रक्तदान कार्यक्रम […]

‘आँखा र आँखाहरु’ पढेपछि (समीक्षा)

प्रकृति प्रेमी नेपाली साहित्यको प्रमुख विधामध्ये कथा पनि एउटा हो । अहिलेसम्म आइपुग्दा केही स्रष्टाहरुले आफूलाई कथाकारकै रुपमा स्थापित समेत गरिसकेका छन् । यसमा महिला कथाकारहरु पनि समेटिन्छन् । पारिजात, माया ठकुरी यसका ज्वलन्त नाम हुन् । पछिल्लो समय मोफसलमा रहेर पनि चर्चाको शिखरमा छिन् कथाकार सुमित्रा न्यौपाने । २०७५ मा भएको राष्ट्रिय कथा प्रतियोगितामा […]

एसपी मल्लले टेरेनन् प्रदेशको निर्देशन

भरतपुर, १७ पुस सरुवा भएको १३ दिन हुँदा पनि तोकिएको ठाउँमा नगएपछि चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ललाई ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले ताकेता गरेको छ । १२ घण्टाभित्र सरुवा भएको ठाउँमा जान प्रदेश कार्यालयले निर्देशन दिए पनि प्रहरी उपरीक्षक (एसपी) मल्लले बेवास्ता गरेका छन् । गत पुस ४ गते विभिन्न ठाउँमा सरुवा भएका अरु […]

सञ्चारकर्मी पौडेलले ल्याए ‘जबसम्म सास छ’

भरतपुर, १७ पुस चितवनका चर्चित सञ्चारकर्मी सुरज पौडेलले नयाँ वर्षको अवसरमा नयाँ गजल बजारमा ल्याएका छन् । लामो समय देखि सञ्चार कर्ममा रहँदै आएका पौडेलले आफ्नो पाचौं सांगीतिक कोशेलीकोरुपमा ‘जबसम्म सास छ’ बोलको गजल सार्वजनिक गरेका हुन् । पौडेलको शब्दमा रहेको उक्त गजलमा अर्का संचारकर्मी दिपकराज विश्वकर्माले सांगीत भरेका छन् । गजलमा अहिलेकी व्यस्त तथा […]

एसपी मल्ललाई प्रदेश प्रहरी कार्यालयको निर्देशन–१२ घण्टा भित्रमा रमना बुझ

काठमाडौं, १७ पुस सरुवा भएको ठाउँमा हाजिर हुन नगएपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ । चितवनका प्रहरी प्रमुख मल्ललाई गत साता प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । मल्लले रमाना नलिएपछि चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी गंगा […]

सौराहाबाट प्रदेशको भ्रमण वर्ष शुभारम्भ

ध्रुवराज खनाल रत्ननगर, १६ पुस ३ नम्बर प्रदेश सरकारले नेपालकै तेस्रो तथा प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य सौराहाबाट भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ । सौराहाका बुधबार औपचारिक कार्यक्रम गरेर प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ गरेको हो । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलगायत प्रदेशका मन्त्रीहरुले संयुक्तरुपमा भ्रमण वर्षको बेलुन उडाउनुका साथै प्रदेशको लोगो सार्वजनिक गरेर भ्रमण […]

सौराहामा हात्तीको पिकनिक

रत्ननगर, १६ पुस सौराहामा जारी हात्ती महोत्सवमा बुधबार हात्तीलाई पिकनिक गराइएको छ । महोत्सवको सातौं दिन बाघमारा चौरमा करिब एक सय हात्तीलाई विभिन्न खाना खुवाइएको हो । लावालस्करमा बसेका हात्ती अनेक परिकार खाएर रमाए । १६ औं हात्ती महोत्सवको आयोजना गरेको क्षेत्रीय होटल संघ नेपाल चितवनले हात्तीका लागि पिकनिक आयोजना गरेको हो । हात्तीका लागि […]

पहिलो पर्यटकलाई पञ्जेबाजा र माला

सुरक्षा न्यौपाने भरतपुर, १६ पुस भ्रमण वर्षको पहिलो दिन भरतपु महानगरमा आइपुगेका पर्यटकलाई महानगरपालिकाले भव्य स्वागत गरेको छ । जनवरी १ तारिखको बिहानै चितवनको भरतपुर घुम्न पुगेका पर्यटकलाई नगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहसहितको टोलीले सयपत्री फूलको माला र टीका लगाएर स्वागत गरेका हुन् । पर्यटन वर्षको सुरूको दिन भरतपुर महानगरले बुधबार बिहानै […]

च्याउ बिर्सियो सरकारले

विप्लव काफ्ले भरतपुर, १६ पुस च्याउ उत्पादक किसानले ‘च्याउसम्बन्धी राष्ट्रिय नीति’ को माग गरेका छन् । च्याउ उत्पादक किसान संघ नेपालले पुस ९ गतेबाट सुरु गरेकोे ‘राष्ट्रिय च्याउ जागरण अभियान’अन्तर्गत नारायणगढमा आयोजना गरिएको अन्तरक्रियामा किसानहरुले च्याउ क्षेत्रलाई सरकारले बेवास्ता गरेको दुखेसो पोखे । संघका केन्द्रीय अध्यक्ष प्रेमनारायण अधिकारीले सरकारी नीति तथा कार्यक्रममा ‘च्याउ’ शव्दनै लोप […]