पहिलो पर्यटकलाई पञ्जेबाजा र माला

सुरक्षा न्यौपाने
भरतपुर, १६ पुस
भ्रमण वर्षको पहिलो दिन भरतपु महानगरमा आइपुगेका पर्यटकलाई महानगरपालिकाले भव्य स्वागत गरेको छ । जनवरी १ तारिखको बिहानै चितवनको भरतपुर घुम्न पुगेका पर्यटकलाई नगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहसहितको टोलीले सयपत्री फूलको माला र टीका लगाएर स्वागत गरेका हुन् ।


पर्यटन वर्षको सुरूको दिन भरतपुर महानगरले बुधबार बिहानै हवाइ तथा स्थल यातायातबाट आएका पर्यटकलाई भरतपुर विमानस्थलमा एक समारोहबीच माला र टीका लगाएर स्वागत गरिएको हो । महानगर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्थासमेत गरिएको थियो ।
सो अवसरमा बोल्दै मेयर दाहालले नेपाल आउने ७० प्रतिशत पर्यटक भरतपुरमा भित्र्याउने लक्ष्य रोखेको बताइन् । उनले आफूहरुले ६ दिन ७ रातको प्याकेज घोषण गर्दै पर्यटकहरु भरतपुरको ७ प्वाइन्ट घुमेर निकै आनन्दसँग रमाउने प्रतिक्रिया दिइन् । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित प्रदेशसभा सदस्य विजय सुवेदी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जगन्नाथ थपलिया, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, होटल व्यवसायी माहासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधान, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, पर्यटनविज्ञ विश्व सुवेदी, होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला शर्मा, पर्यटन व्यवसायीलगायतको उपस्थितिमा पर्यटकहरुलाई भव्य स्वागत गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

सुरक्षा व्यवस्था मजबुतः प्रजिअ

चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)नारायणप्रसाद भट्टराईले भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिल्लाको शान्ति सुरक्षा मजबुत गराइएको बताएका छन् । भ्रमण वर्षको सुरुआतको दिन बुधबार भरतपुर विमानस्थलमा पोखराबाट भरतपुर आएका ६ जना पर्यटकलाई फूलमालासहित ‘भिजिट नेपाल २०२०’ लेखिएको टिसर्ट लगाई स्वागत गर्दै उनले शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा अन्य निकायहरुसँग समन्वय गर्नुपरेमा आफू तयार रहेको बताए ।
उनले भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको बताए । उनले नेपाल भ्रमण गर्ने क्रममा बस्नको लागि निकै सुरक्षित भएको बताए । उनले धेरैभन्दा धेरै विदेशी पाहुना भित्र्याउने लक्ष्य रहेको बताए । उनले देशको प्रमुख आएआर्जनको स्रोतको रुपमा पर्यटनलाई लिइएको बताए । उनले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्ना कदम थप अघि बढेको बताए ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले यो वर्षभरि ४ वटा मुख्य गतिविधि रहेको र कम्तीमा ४ लाख पर्यटक चितवन भित्र्याउने लक्ष्य रहेको बताए । उनले पर्यटकलाई स्वागत मात्र नगरी धेरै दिनसम्म राख्ने व्यवस्था मिलाउने बताए । उनले ३ नम्बर प्रदेशको कला सांस्कृतिक झाँकीको व्यवस्था रहेको बताए । उनले पर्यटकलाई पुरानो गन्तव्यभन्दा पनि नयाँ गन्तव्यतिर आकर्षण गर्ने, अवलोकन गराउने प्रतिबद्धता जनाए । उनले धार्मिक, सामाजिक र सांस्कृतिक महत्व बोकेकोले चितवनको चौकीडाँडा, कविलासपुर गढी, दियालो बंगला, मेघौली, सीतामाई, पटिहानी, जगतपुर, देवघाटधाम, एकीकृत सोमेश्वरगढी जस्ता ठाउँमा घुम्न आग्रह गरे ।
त्यस्तै रत्ननगरका नगर प्रमुख नारायण वनले सौराहामा पर्यटकलाई आकर्षित गर्न विभिन्न योजना ल्याएको र त्यसमा व्यवसायीले पनि सहयोग गरेको बताए । उनले पर्यटकलाई ३ दिनसम्म रोक्ने गरी टिकट काट्ने व्यवस्था मिलाउन गरिएको आग्रहले पूर्णता पाएको बताए । उनले सौराहामा पर्यटकको मुख्य आकर्षणमा पारम्परिक वेषभूषामा सांस्कृतिक कार्यक्रम, खानाका परिकार र विभिन्न प्रकारका प्रदर्शनी रहेको बताए । उनले लोपोन्मुख टाँगा व्यवसायलाई पनि आवश्यकताअनुसार संरक्षण र विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

पटिहानीमा भव्य सुरुआत

चितवनको पर्यटकीय गन्तव्य पटिहानीमा भव्यरुपमा भ्रमण वर्षको सुरुआत गरिएको छ । बुधबार पर्यटकहरुलाई स्वागत गर्दै भ्रमण वर्षको सुरुआत गरिएको हो । भरतपुर महानगरपालिका २२ नम्बर वडा कार्यालय र पटिहानी पर्यटन विकास समितिको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको हो । पर्यटकहरुलाई फूलमालाका साथ गाडामा राखेर पटिहानी परिक्रममा गराइएको थियो ।
कार्यक्रममा पर्यटकहरुलाई गाडामा राखेर वडा कार्यालय परिसर धनौजीदेखि पटिहानी बजार हुँदै पर्साचोकसम्म बाजागाजा, विभिन्न जातिको भेषभुषा र झाकीसहित स्वागत तथा सम्मान गरिएको वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
पछिल्लो समय पटिहानी नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । यहाँ ठूला–ठूला होटलहरु सञ्चालनमा छन् । यहाँबाट दुर्लभ एक सिंगे गैंडा अवलोकन, जीप सफारी, थारु साँस्कृतिक नृत्यलगायत मुख्य आकर्षणको केन्द्र रहेको छ।
प्रदेश सांसद् रामलाल महतोको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलिया, उपाध्यक्ष साजन कुमार महतो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), भरतपुर–२२ का अध्यक्ष रामहरि सेढार्इं, नेपाली कांग्रेस वडा सभापति कुमारप्रसाद थपालियालगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्न टोल विकास संस्थाहरुको सहभागिता थियो ।
नारायणी किनारमा स्तम्भ
नेपाल भ्रमण बर्ष २०२० को अवसरमा भरतपुर महानगरपालिकामा स्तम्भ निर्माण सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भरतपुर महानगर स्तम्भको शिलान्यास गरिएको हो ।
पब्लिक प्राइभेट पार्टनरसिप अवधारणाअन्तर्गत स्तम्भ निर्माण गर्न लागिएको हो । ३ करोड लाग्ने अनुमान गरिएको स्तम्भका लागि महानगरपालिकाले रकम विनियोजन गरेको छ । कूल लागतमध्ये ५० प्रतिशत महानगरपालिका र ५० प्रतिशत निजि क्षेत्रको लगानी रहने छ । जसअन्तर्गत उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ चितवन होटल व्यवसायी संघ पर्यटन व्यवसायी लगायतले स्तम्भ निर्माणका लागि सहकार्य गर्ने छ ।
नारायणी नदी किनारमा शिलान्यास गरिएको सिविच मोडेलमा निर्माण गर्न लागिएको वाटर फाउनडेसनसहितको स्तम्भ हो । २६ फिट उचाइ स्तम्भमा १२ फिट लामो बाघको प्रतिमा निर्माण गरिने छ । सो अवसरमा बोल्दै महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटन वर्ष लक्षित गरी महानगरपाकिाले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताए । महानगरपालिकाले ७ वटा पोइन्ट निर्धारण गरि सहित २९ ओटा पर्यटकीय गन्तव्यको पहिचान गरी कार्य अघि बढाइरहेको छ ।
जसअन्तर्गत मेघौली, पटिहानी, देवघाट, ज्ञानेश्वर,विस हजारी ताल, नारायणी किनार र चौकी डाडाँ रहेका छन् । महानगरले ७ प्वाइन्टअन्तर्गत ६ रात ७ दिनको प्याकेजसमेत घोषणा गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट