गाँजा नष्ट गर्ने प्रहरी अभियान प्रभावहीन

पहाडमा गाँजा गोड्दै मधेसी

राजेश/ध्रुवराज
राप्ती, २८ मंसिर
राप्तीको पहाडी क्षेत्रमा लगाइएको गाँजाको संरक्षण तथा रेखदेखमा मधेसी मूलका नागरिक खटिएका छन् । चितवन प्रशासनले अनुमान गरेजस्तै उक्त क्षेत्रमा गाँजाखेती गर्नमा स्थानीयबासीको भन्दा अन्यत्रबाट आएका व्यक्तिहरुको संलग्नता बढी देखिएको छ ।
अहिले पहाडी क्षेत्रमा मधेसी मूलका नागरिक धेरै भेटिन थालेका छन् । उनीहरु पुराना कपडाको डसना बनाउनेलगायत काम लिएर गाउँ पसेका थिए । देखावटीरुपमा उक्त काम गर्दै आए पनि उनीहरुको वास्तविक काम भने गाँजाको रेखदेख तथा गोडमेल रहने गरेको छ । बाहिरका व्यक्तिहरुसँग उनीहरु आफ्नो परिचय दिँदैनन् । नयाँ मान्छे देखेपछि काम बन्द गर्छन् ।

k|x/Låf/f ufFhf
ef]hk’/, @! sflQs -/f;;_ M
ef]hk’/sf] blIf0fL e]udf kg]{ xt’jfu9L / cfdrf]s ufpFkflnsfsf] ljleGg 7fpFdf h+un km8fgL u/]/ Jofj;flos ?kdf nufPsf] ufFhf gi6 ub}{ k|x/L . k|x/Ln] xfn;Dd lhNnfdf @)@ /f]kgLdf nufOPsf] !( s/f]8sf] ufFhf gi6 u/]sf] hgfPsf] 5 . t:aL/ M o’j/fh lji6

राप्तीको वडा नम्बर १०, ११, १२ र १३ मा साउनमा बीउ जमाएर भदौको दोस्रो सातादेखि खेतमा बिरुवा रोप्न थालिएको थियो । गाँजा रोप्दै गरेको फोटोसहितको समाचार प्रकासन भएपछि चितवन प्रहरीको टोलीले अवैधरुपमा गरिएको गाँजाखेती नष्ट गर्ने अभियान थाल्यो । कात्तिक २१ गते गाँजा नष्ट गर्नका लागि पहाड उक्लिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले केही ठाउँमा लगाइएको गाँजा नष्ट पनि ग¥यो । तर, त्यो पर्याप्त हुन सकेन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक २१ देखि मंसिर ६ गतेसम्म राप्तीका विभिन्न स्थानमा गरी १ सय ४३ विघा जमिनमा लगाइएको गाँजा नष्ट गरिएको छ । प्रहरी टोलीले कात्तिकमा राप्तीको वडा नम्बर १२ को ठकुरीभञ्ज्याङ, १३ को कालिटार, कालिखोला, धावनगिरी, च्युदी, तापन, यौरालीटारलगायत क्षेत्रमा एक हप्ता लगाएर गाँजा नष्ट गरेको जनाएको छ । मंसिरको ५ र ६ गते राप्ती–१३ को बाङसिलिङ र १२ को गन्दाङ र ल्याङल्याङ डाँडामा गाँजा नष्ट गरेको थियो । यो समयमा चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र प्रहरीका जिल्ला प्रमुख दानबहादुर मल्ल नै गाउँ पुगेका थिए । उक्त अवधिमा प्रहरीले ठूलो परिमाणमा गाँजा नष्ट गरेको बताए पनि नष्ट गरिएको भनिएकै ठाउँमा अहिले गाँजा हराभरा देखिन्छ । दर्जनौं व्यक्तिहरु गाँजाको बिरुवा गोडमेल गर्न खटिएका छन् ।
नेपालको कानूनले गाँजाको ओसारपोसार तथा सेवनलाई गैरकानूनी मान्छ । त्यसैले गाँजाको खेतीलाई पनि गैरकानूनी मानेर प्रहरीले खेती गरिएका ठाउँमा पुगेर नष्ट गर्ने तथा संलग्नलाई कारबाही गर्ने अभियान सञ्चालन गर्ने गरेको छ । छिमेकी जिल्लाको पहाडी गाउँहरुमा गाँजा खेती धेरै हुन्छ । त्यहींको प्रभाव केही वर्षदेखि चितवनमा देखिएको छ । प्रहरी टोली गाउँ पुग्दा स्थानीयबासी भाग्ने गरेका छन् । भेटिएका केहीले पनि आफ्नो जमिनमा अन्यले भाडामा लिएर खेती गर्ने गरेको बताउने गरेका छन् । प्रहरीको कमजोर सर्च अभियानको फाइदा उठाउँदै सोही गिरोहले गाँजाको रेखदेखका लागि अपरिचित व्यक्तिलाई उक्त क्षेत्रमा खटाएको देखिन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट