प्रबन्ध निर्देशक बराललाई पितृशोक

भरतपुर, २८ मंसिर
कायाकैरन दैनिकका प्रबन्ध निर्देशक प्रविन बराललाई पितृशोक परेको छ । उनका ६४ वर्षीय बुवा चेतनाथ बरालको शनिबार निधन भएको हो ।

लामो समयदेखि श्वास प्रश्वाससम्बन्धी रोगबाट ग्रसित बरालको भरतपुर–५, तोरीखेतस्थित निवासमा शनिबार बिहान करिब ९ बजे निधन भएको हो । प्रविन उनका एक मात्र छोरा हुन् । वृन्दा र इन्दिरा दुई छोरी छन् ।

लमजुङको साविक गाउँशहर गा.वि.स. वडा नम्बर ६ ओखले अमृत पानीमा २०१२ साल चैत २४ गते जन्मिएका बराल पूर्वशिक्षक हुन् । हाल उनी भरतपुरमै सेवानिवृत्त जीवन बिताइरहेका थिए ।

यसैबीच नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिले विज्ञप्ति जारी गरी पत्रकार बराललाई परेको पितृशोकप्रति दुःख व्यक्त गरेको छ । महासचिव कृष्ण सारु मगरद्वारा जारी विज्ञप्तिमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरिएको छ ।

नेपाल पत्रकार महासंघ चितवन र नेपाल प्रेस युनियन चितवन शाखाले पनि बेग्लाबेग्लै विज्ञप्ति जारी गरी बरालको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघ अध्यक्ष राधेश्याम खतिवडा र युनियन अध्यक्ष अनिल ढकालले जारी गरेको विज्ञप्तिमा पत्रकार बराललाई परेको पीडाप्रति समवेदना व्यक्त गरिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट