अपराधमुक्त समाजको परिकल्पना

सुरक्षा न्यौपाने
भरतपुर, ४ मंसिर
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले सभ्य र सु–संस्कृत समाज निर्माण गर्न समाज अपराधमुक्त बन्नुपर्ने बताएका छन् । समयानुसार अपराधको शैली परिवर्तन भएको र बढ्दो जनसंख्यासँगै अपराधको संख्या पनि बढेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनले विश्व बालअधिकार दिवसको अवसर पारेर भरतपुरको ओम शान्ति एकेडेमीमा आयोजना गरेको सामुदाय–प्रहरी साझेदारी बिद्यालय सम्पर्क कार्यक्रममा सम्बोधन गर्दै उनले व्यक्तिको मन, भावना स्वच्छ नभएसम्म समाज स्वच्छ र सभ्य हुन नसक्ने बताए । “नियम प्रहरीको लागि मात्र होइन”, उनले भने, “प्रहरीले लाएको नियमको पालना सबैले गर्नुपर्छ ।” आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् गर्न नहुने उनले बताए ।
१ जना प्रहरीले ३ सय नागरिकलाई हेर्नुपर्ने भए पनि चितवनमा १ जनाले १२ सय नागरिकलाई हेर्नुपरेको हुँदा सुरक्षामा केही कमी देखिएको बताए । उनले प्रहरी र नागरिक मिलेमात्र समाज परिवर्तन हुने बताए । उनले विद्यार्थीलाई किताबी ज्ञानले मात्र सभ्य व्यक्ति बनाउन नसकिने हँुदा प्रहरीले सामुदायसँग मिलेर कार्यक्रम अघि बढाएको बताए ।
कार्यक्रममा प्रशिक्षण दिँदै प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले सम्बन्ध जोडिएकाहरुबाट पनि अपराध हुने गरेको बताउँदै चितवन जिल्लाको शान्ति–सुरक्षा कायम गर्न प्रतिबद्धताका साथ लागिपर्ने बताए । उनले साइवर अपराध, सडक सुरक्षा, बालिका अपहरण र अन्य अराजक गतिविधिले समाजमा पार्ने प्रभाव र यसमा अपनाउनुपर्ने सचेतताको बारेमा विद्यार्थी तथा शिक्षकलाई जानकारी दिए ।
उनले शिक्षित व्यक्तिहरुबाट पनि अपराध हुनसक्ने भएकाले सचेत रहन आग्रह गरे । “समाजमा फरक–फरक खालका घटना हुने गरेका छन्”, उनले भने, “प्रहरीसँग सहकार्य गरेर समयमा नै सूचना दिएर सहयोग गर्नुहोला ।” उनले अपराध लुकाउनभन्दा पनि समयमा नै प्रहरीलाई जानकारी गराउनुपर्ने बताए । देशको सबै सामाजिक संघसंस्था, स्थानीय तह, वडा र टोल–टोलमा लागूऔषध न्यूनीकरण समिति गठन गरेर दीर्घकालीन संरचना निर्माण गर्नुपर्ने बताए ।
विद्यार्थी, अभिभावक र शिक्षक समूहमा देशको कूल जनसंख्यामध्ये ४० प्रतिशत रहेकाले त्यसलाई विशेष प्राथमिकता दिइने उनले बताए । किशोरावस्थामा बालबालिकाले अभिभावकलाई नटेरेर अनेक कार्य गर्ने भएकाले उनीहरुसग राम्रो व्यवहार गर्दै हरपल साथ दिनुपर्ने उनको भनाइ थियो । सो क्रममा नायब उपरीक्षक कोइरालाले लागूऔषधको प्रयोग, असर र यसबाट निम्तिने अपराधका बारेमा पनि प्रकाश पारेका थिए । स्कूल तथा क्याम्पसमा पढ्ने विद्यार्थी लागूऔषध दूव्र्यसनीमा फस्न नदिन सबै सचेत हुनुपर्नेमा जोड दिए ।
प्रहरी निरीक्षक देवराज शर्माले समाजिक सञ्जालको दुरुपयोगले साइबर अपराधका घटनाहरु घटेकाले त्यसको सहि सदुपयोग गर्नुपर्ने बताए । उनले साइबर अपराध भए कानूनी दण्ड–सजाय, औचित्य र यसको प्रभावकारिताबारे जानकारी दिए । अहिलेका किशोरकिशोरीहरु ६० प्रतिशतभन्दा बढी समय मोबाइल, डन्टरनेट र अन्य प्रविधिमा भुल्ने भएकाले साइबर अपराधमा फस्ने गरेको बताए । कार्यक्रममा जुनियर रेडक्रस सर्कल, वडा समिति भरतपुर–४ तथा टोल समितिका पदाधिकारी, अभिभावक र विद्यार्थीसमेत गरी १०० जनाको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट