रंगशाला निर्माणस्थलमा उपचार कक्ष

भरतपुर, ४ मंसिर निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ । भरतपुरको श्री पुष्पाञ्जली हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा उपचार कक्ष स्थापना गरिएको हो । बुधबार उपचार कक्षको स्थापना गर्दै अस्पतालका व्यवस्थापक सुजन अधिकारीले एक जना प्राविधिकसहित प्राथमिक उपचार कक्ष सञ्चालन गरिएको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा कोही कामदार […]

भरतपुरमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी

भरतपुर, ४ मंसिर भरतपुरमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । यही मंसिर ६ देखि ९ गतेसम्म हुने प्रदर्शन चितवन एक्स्पो सेन्टरमा सञ्चालन हुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ३ र […]

४ महिनामै १ अर्ब ७४ करोड लगानी

विप्लव काफ्ले भरतपुर, ४ मंसिर चितवनमा यो वर्ष ७ सय ५१ वटा घरेलु तथा साना उद्योग खुलेका छन् । साउनदेखि कात्तिकसम्मको यो आँकडा निकै उत्साहजनक देखिएको छ । यो वर्षमात्रै १ अर्ब ७४ करोड १० लाख ४३ हजार लगानी थपिएको छ । गतवर्षमा ३ अर्ब ९९ करोड ७४ लाख ६ हजार पुँजी लगानी थपिएको थियो […]

अपराधमुक्त समाजको परिकल्पना

सुरक्षा न्यौपाने भरतपुर, ४ मंसिर जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले सभ्य र सु–संस्कृत समाज निर्माण गर्न समाज अपराधमुक्त बन्नुपर्ने बताएका छन् । समयानुसार अपराधको शैली परिवर्तन भएको र बढ्दो जनसंख्यासँगै अपराधको संख्या पनि बढेको उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले विश्व बालअधिकार दिवसको अवसर पारेर भरतपुरको ओम शान्ति एकेडेमीमा आयोजना […]

भरतपुर १६ मा ‘नो भोट’ अभियान:रंगशाला पीडित भन्छन्, “थुन्नेलाई किन चुन्ने ?”

राजेश घिमिरे भरतपुर, ४ मंसिर धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै गर्दा स्थानीयबासीले निर्माण स्थलमा डोजर चलाए । उनीहरु चाहन्थे रंगशाला निर्माण गर्दा आफ्नो घरजग्गामा कुनै क्षति नपुगोस् । रंगशाला निर्माणका लागि छुट्याइएको जमिनलाई टिनको बारले घेरेर अहिले चालू अवस्थामा रहेको सडकलाई स्थानीयबासीको जमिन काटेर फराकिलो बनाउने योजना बनेपछि स्थानीयबासी आक्रोसित बनेका थिए […]