भरतपुर, ३० कार्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको जनकपुर–लुम्विनी धार्मिक यात्रा आइतबार चितवन आइपुग्दैछ । हिन्दु राष्ट्रको पक्षमा जनमता सृजना गर्न सुरु भएको रथयात्राको टोली आइतबार हेटौडा र भरतपुरमा कोणसभा गर्नेछ । नारायणी नदी किनारमा आरती समेत गरिने जनाइएको छ ।

यात्राको राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाश चन्द्र लोहनीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । मसिंर २ गते कावासोतीमा कोणसभा र वाल्मिकी आश्रमको दर्शन, मंसिर –३ गते रामग्राम नवलपरासीमा र भैरहवामा कोणसभा हुनेछ । यस्तै मंसीर –४ गते शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पवित्र जन्मभुमि लुम्विनीमा पुजा अर्चना सहित पहिलो चरणको धार्मिक यात्राको समापन गरिने जनाइएको छ ।





