हिन्दु राष्ट्रको पक्षमा रथयात्रा

भरतपुर, ३० कार्तिक राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको जनकपुर–लुम्विनी धार्मिक यात्रा आइतबार चितवन आइपुग्दैछ । हिन्दु राष्ट्रको पक्षमा जनमता सृजना गर्न सुरु भएको रथयात्राको टोली आइतबार हेटौडा र भरतपुरमा कोणसभा गर्नेछ । नारायणी नदी किनारमा आरती समेत गरिने जनाइएको छ । यात्राको राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाश चन्द्र लोहनीले संयुक्तरुपमा उद्घाटन गरेका थिए […]
सुकुम्बासीमुक्त राष्ट्र बनाउन माग

विप्लव काफ्ले भरतपुर, ३० कार्तिक नेपाल बसोबास वस्ती संरक्षण समाजले सुकुम्बासीमुक्त राष्ट्र घोषणा अभियान चलाउने भएको छ । भरतपुर–११ गणेशस्थानमा आयोजित पत्रकार सम्मेलनमा समाजका केन्द्रीय महासचिव कुमार कार्कीले आगामी वर्षलाई लालपुर्जा प्राप्तिको अन्तिम लडाईको वर्षका रुपमा मनाउने तयारी गरेको बताए । भूमिहीन सुकुम्बासी भन्नाले आफ्नो वा परिवारको स्वामित्वमा पुस्तौनीदेखि जग्गा जमिन नभएकालाई बुझिन्छ । […]
चात्रा खोला पुल खैरहनी नगरपालिकाले बनाउने

रत्ननगर, ३० कार्तिक खैरहनी नगरपालिका ९ मा रहेको चात्रा खोलामा खैरहनी नगरपालिकालेनै पुल निर्माण गर्ने जनाएको छ । खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को प्रथम चौमासिकको शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख लालमणी चौधरीले सो खोलाको पुल नगरपालिकालेनै निर्माण गर्ने बताएका हुन् । सडक वोर्डका कारण सो पुल निर्माण हुन सकेको छैन् । सडक […]
रत्ननगरमा जंगली जनावरबाट हुने क्षतिको बीमा

धु्रवराज खनाल रत्ननगर, ३० कार्तिक जंगली जनावरबाट हुने सम्भावित क्षतिको बीमा सुरु भएको छ । रत्ननगर नगरपालिकाको नेतृत्वमा स्थानीय बाघमारा मध्यवर्ती सामुदायिक वन, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र अर्थ इन्स्टीच्युटको साझेदारीमा बीमा कार्यक्रम सुरु गरिएको हो । मध्यवर्ती क्षेत्र वरपरका विपन्न वर्गलाई लक्षित गरि यो कार्यक्रम सुरु गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । […]
अनुवादले नेपाली साहित्यलाई विश्वबजारमा चिनाउँछ

कथाकार र अनुवादकका रूपमा आफ्नो छवि बनाउनु भएका एकदेव अधिकारीलाई कात्तिक महिनाभरका शनिबार कायाकैरनमा प्रस्तुत गरिरहँदा उहाँको कथाकारिताका बारेमा खोतल्ने कोसिस गर्यौं । उहाँ राम्रो अनुवादक पनि हो । उहाँको अनुवाद कर्मका सन्दर्भमा रहेर हामीले केहि कुराकानी गरेका छौं। यो कुराकानी अनुवादमा चासो राख्ने आम पाठक र चिन्तकलाई उपयोगी हुने ठहर गरेका छौं । सोही […]