चात्रा खोला पुल खैरहनी नगरपालिकाले बनाउने

रत्ननगर, ३० कार्तिक
खैरहनी नगरपालिका ९ मा रहेको चात्रा खोलामा खैरहनी नगरपालिकालेनै पुल निर्माण गर्ने जनाएको छ । खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को प्रथम चौमासिकको शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख लालमणी चौधरीले सो खोलाको पुल नगरपालिकालेनै निर्माण गर्ने बताएका हुन् । सडक वोर्डका कारण सो पुल निर्माण हुन सकेको छैन् ।
सडक वोर्डको गलत डिजाइनका कारण चात्रा खोलामा पुल निर्माण हुन नसकेको हो । तर, अब सडक वोर्डलाई कुर्ने मनस्थितिमा नगरपालिका छैन् । सो खोलामा पुल निर्माणका लागि खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैया विनियोजन समेत नगर प्रमुख चौधरीले बताए ।


चात्रा खोलामा पुल नवक्दा जनप्रतिनिधीहरु प्रति वडावासी रुष्ट थिए । “तपाई वडावासीको समस्यामा नगरपालिका चिन्तित छ”, नगर प्रमुख चौधरीले भने, “अब सडक वोर्डलाई कुर्दैन नगरपालिकाले यसै वर्ष पुल निर्माण सुरु गर्छ ।” खैरहनी ९ का वडाध्यक्ष होमकुमार पुनले जनताको काम गर्दा अख्तियार जान परेपनि अब कुनै पनि हालतका पुल निर्माण गर्ने प्रतिवद्धता जनाए । सार्वजनिक सुनुवाई कार्यक्रममा वडावासीले चात्रा खोलामा पुल नबन्दा समस्या परेको भन्दै जनप्रतिनिधिहरुले पहल गर्नु पर्ने बताएका थिए ।
सहयोगी संस्था प्रफेक्ट मिडिया सोलुसनका निर्देशक विकास पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय वासुदेव पौडेल,दिपा ढुंगाना, टिकेन्द्र चौधरी लगायतले पुल निर्माणमा तदारुकता देखाउन आग्रह गरे । अन्य सहभागीहरुको गुनासालाई सम्वोधन गर्दै नगरपालिकाका प्रमुख प्रशासीकय अधिकृत पुरुषोतम शर्माले फोहोर व्यवस्थापनमा नगरवासीहरुको सहयोग हुनु पर्ने, विकास निर्माणको काममा उपभोक्ता समिति चनाखो हुनु पर्ने धारणा राखे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट