सुकुम्बासीमुक्त राष्ट्र बनाउन माग

विप्लव काफ्ले
भरतपुर, ३० कार्तिक
नेपाल बसोबास वस्ती संरक्षण समाजले सुकुम्बासीमुक्त राष्ट्र घोषणा अभियान चलाउने भएको छ । भरतपुर–११ गणेशस्थानमा आयोजित पत्रकार सम्मेलनमा समाजका केन्द्रीय महासचिव कुमार कार्कीले आगामी वर्षलाई लालपुर्जा प्राप्तिको अन्तिम लडाईको वर्षका रुपमा मनाउने तयारी गरेको बताए । भूमिहीन सुकुम्बासी भन्नाले आफ्नो वा परिवारको स्वामित्वमा पुस्तौनीदेखि जग्गा जमिन नभएकालाई बुझिन्छ ।

 


“२०१३ सालदेखि हालसम्म २३ आयोग बने, करोडौँ खर्च भयो”, उनले भने, “केहीले अस्थायी लालपुर्जा पाए, तर स्रेस्ता समेत कायम भएनन्, सधै आँखा छल्ने काम मात्रै भए ।” ‘भूमि सम्बिन्ध ऐन (आठौँ संसोधन) विद्ययेक २०७५’ प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा विद्ययेक पुगेको छ । तर, विद्ययेकले सुकुम्बासीलाईनै अप्ठ्यारोमा पार्ने उनको जीकिर छ । उनले दफा ५२ मा थपिएका उपदफाहरुमा बसोबास गरिरहेका ठाउँमै बस्न नदिने अवस्था चित्रण गरेको आरोप लगाए । धार्मिक, सांस्कृतिक तथा सामरिक महत्वका क्षेत्र, प्राकृतिक प्रकोप, विपद् व्यवस्थापन र वातावरणीय संरक्षणको दृष्टिकोणबाट सुरक्षित गर्न आवश्यक देखिएको जग्गा,सार्वजनिक र सडक सीमा भित्रका जग्गा उपलब्ध नगराइने लेखिएपछि सुकुम्बासी हकहितका अभियान्ताहरु असन्तुष्ट छन् ।
“संसोधन भएका उपदफाहरु अधिकार नदिने सोचले आएको जस्तो देखिन्छन्”, उनी भन्छन्, “विद्ययेक लालमोहर नलागोस्, पारित नहोस् भन्ने हाम्रो भनाई हो ।” उनले हाल बसिरहेकै क्षेत्र जोखिममुक्त भए सोही ठाउँमै, जोखिमयुक्त भएमा चाहेको विकल्प दिएर स्थानान्तरण गर्ने गरी लालपुर्जा दिनुपर्ने बताए । “वन, खोला, गुठी, सार्वजनिक महत्वका क्षेत्रमा बसेकालाई नदिने भनेपछि द्वन्द सृजना भएको हो”, उनले भने, “विद्ययेक संसोधन गर्नुपर्छ, नभए कडा आन्दोलनमा जान्छौँ ।” उनले ०५२ सालको आयोगले १ विघा ५ धुर बढी जग्गा बाँडेकोमा हाल ५ धुर जग्गा लिन समेत सकस परेको तर्क गरे । “गणतन्त्र आएको देशमै सुकुम्बासीले अपहेलना महसुस गरेका छौँ”, उनले भने, “अब हामी अन्तिम अधिकार प्राप्तिको लडाईमा छौँ, अब सधै आश्वासनमा भर पर्नेछैनौँ ।”
लालपुर्जा कहिले हो कहिले ?
छविलाल देवकोटा नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष हुन् । उनी ०४६ सालदेखि आँपटारी क्षेत्रमा ऐलानी जग्गामा बस्दै आएका छन् । १० जनाको परिवार छ । तरकारी, दूध बेचेर घर खर्च चलाउँछन् । गोर्खाबाट चितवन झरेका छविलाल कहिल्यै खुशी बनेनन् । “चुनावमा भोट माग्ला लालपुर्जा दिन्छु भन्ने आश्वासन सधै सुन्यौँ”, उनी भन्छन्, “जितेर गएपछि लालपुर्जाको कुरै गरेनन्, अधिकारको आवाज उठाउँदा कैयनपटक प्रहरी धरपकडमा परेका छौँ ।” उनले चितवनभरी संगठन विस्तार गरी अधिकार प्राप्तिका लागि बलियो जनआधार निर्माण गर्न लागिएको बताए ।
गणेशस्थान इकाइका अध्यक्ष रुकबहादुर परियार पूर्वशिक्षक हुन् । स्कुल पढाउने शिलशिलामा दिव्यनगर, बद्रियामा बसे । जागिरबाट अवकास पाए । “जग्गा धितो राखेर कुनै ऋण लिने अवस्था छैन, हातमा लालपुर्जा छैन”, उनी भन्छन्, “लालपुर्जा पाउने आशामै बुबा विते, हामीले पाउने कहिले हो कहिले ?” नुवाकोटबाट मंगलपुर झरेका विष्णु ओझा ६६ वर्षका भए । ०४६ सालमा भरतपुर–११ केविलाइनमा बस्दै आएका छन् । “कहिले हटाउँछ भन्ने त्रास मात्रै छ”, उनले भने, “बजारको ठाउँमा रोजगारी पाइएला भनेर आइयो, तर सधै निराश भएरै बस्नुप¥यो ।” चुनावका बेला नेताहरुले भोट दिएमा लालपुर्जा दिन्ुछ भनेपनि हालसम्म पाउन नसकेको दुखेसो पोखे ।
सुकुम्बासी अधिकारबारे जानकारि दिन सभा
नेपाल बसोबास वस्ती संरक्षण समिति भरतपुर–११ गणेशस्थान इकाईले शनिबार आठौँ भूमि विद्ययेक र सुकुम्बासीको अधिकारबारे जानकारी दिन सभा आयोजना गरेको छ । गणेशस्थानमा हुने सभामा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सांसद विजय सुवेदी, सकुम्बासी अधिकार अभियान्ता कुमार कार्की लगायत सहभागि हुनेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट