कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला

चितवन, १३ भदौ

नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो ।

महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ । दाना बनाउन प्रयोग गरिने मकै, भटमास, ढुटोसँगै विभिन्न पिनाहरुमा रहेको ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिने गरेको छ । उहाँका अनुसार छ प्रकारका ढुसीको अवस्थाको बारेमा प्रयोगशालामा परीक्षण गरिने गरेको छ । कुखुरालाई २० पिपीएमभन्दा कम ढुसीको मात्रा भएको दाना खुवाउनुपर्ने हुन्छ । त्यस्तै ३० पिपीएमसम्मकोलाई औषधि राखेर उपचार गर्न सकिन्छ भने त्यो भन्दा बढी ढुसी भएका दाना कुखुरालाई खुवाउन नहुने पोखरेलको भनाइ छ ।

प्रयोगशालामा लाग्ने खर्चको आधा रकम महासङ्घले व्योहोर्ने र बाँकी स्वयं उद्योगले व्योहोर्ने व्यवस्था मिलाइएको छ । एउटा नमूना परीक्षणका लागि रु दुई हजार खर्च हुने गर्दछ । नारायणगढको पोल्ट्री व्यवसायी मञ्चको कार्यालयमा प्रयोगशाला स्थापना गरिएको हो । मञ्चका कार्यकारी निर्देशक शिव बरालका अनुसार भदौ १ गतेबाट प्रयोगशाला सञ्चालनमा आएको हो । हालसम्म १८ नमूना परीक्षण भइसकेको छ । नमूना सङ्कलनपछि प्रयोगशाला हेर्ने चिकित्सक बोलाएर परीक्षण गराइन्छ ।

डा विष्णुहरि पोखरेलले नमूना परीक्षण गर्दै आउनुभएको बरालले जानकारी दिनुभयो । पशु र पक्षी दुवैको दाना परीक्षण गर्न सकिने गरी प्रयोगशाला स्थापना गरिएको हो । ढुसीको मात्रा बढी भएको दाना खुवाउँदा कुखुरा मर्ने, बढ्न नसक्ने, उत्पादनमा कमी आउने भएपछि महासङ्घले दाताहरुसमेत खोजी गरी प्रयोगशाला स्थापना गरेको हो ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट