साईबर सुरक्षाबारे चेतनामूलक कार्यक्रम

आशीष उप्रेती
खैरहनी, १३ भदौ
पूर्वी चितवनको खैरहनी उच्च माविमा लियो क्लब अफ चितवन खैरहनीले विद्यार्थीलाई साईबर सुरक्षा चेतनामूलक कार्यक्रम बिहीबार गरिएको छ ।
हाल बढ्दो ईन्टरनेटको प्रयोगसँगै अहिलेका युवा वर्गहरुले मोबाइल र ईन्टरनेटको फाइदा र वेफाइदा नबुझ्दा यसको दुरुपयोग बढिरहेको अवस्थामा केही भएपनि यसको बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक विद्यालयका कम्प्युटर शिक्षक सौगात त्रिपाठीले जानकारी दिए ।
कार्यक्रममा खैरहनी उच्च माविका कक्षा ११ र १२ का १ सय जनाभन्दा बढी विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा प्रशिक्षक विश्वप्रकाश पोखरेल रहेका थिए भने प्रमुख अतिथि इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक (इन्सपेक्टर) धनदेव साउद, विशिष्ट अतिथि खैरहनी माविका प्रध्यानाध्यापक शम्भु बर्तौला रहेका थिए । कार्यक्रम लियो क्लब अफ चितवन खैरहनीका अध्यक्ष अनुराग श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
,,,,,,

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट