जबरजस्ती करणी आरोपमा पक्राउ

भरतपुर, १३ भदौ
जवरजस्ती करणीको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । भरतरपुर महानगरपालिका वडा नम्बर–२, आँपटारीबाट दोलखा साविक खारे गाविस वडा नम्बर–४ कृषेगाउँ घर भएका २४ वर्षीय युवालाई पक्राउ गरेको हो ।
हाल भरतपुर–३ पुरानो सब्जीमन्डी बस्ने उनले एक युवतीलाई कुटपिट गरी घाइते बनाएर जबरजस्ती करणी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१८ को दफा २१९ अन्तर्गतको करणीसम्बन्धी कसूरअन्तर्गत जबरजस्ती करणी र मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१२ को दफा १८३ अन्तर्गतको ज्यान मार्ने उद्योग मुद्दामा चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

,,,,,

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट