साउन १२,चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिच चितवनद्धारा आयोजना हुने शैक्षिक मेलाको तयारी पुरा भएको छ ।
सोमबार शुरु हुने ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर २०१९’ को तयारी पुरा भएको संस्थाले जानकारी दिएको छ
उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गर्दै यो मेलाको आयोजना गरिएको हो ।

विगतका बर्षहरुभन्दा भन्दा केही पृथक तरीकाले मेलाको आयोजना गरिएको बताउंँदै संस्थाका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले शैक्षिक मेलाको लागि सम्पूर्ण तयारी पुरा भएको बताउनु भयो । उहांँका अनुसार शैक्षिक मेलामा ११ भन्दा बढी विश्व विद्यालयका प्रतिनिधिहरुले परामर्श दिनेछन र अन्य दर्जनौ कलेजका प्रतिनिधिहरु पनि सहभागी हुनेछन । विद्यार्थीहरुलाई सही परामर्श दिएर सही गन्तव्य छनौट गर्न सजिलो होस र अष्ट्रेलियाको संस्कृति,कानुन एवं पार्टटाइम जबका बारेमा जानकारी होस भन्ने हेतुले मेलाको आयोजना गरिएको प्रबन्धक पौडेलले बताउनु भयो । मेलामा उच्च शिक्षा अध्ययनको लागि डकुमेन्टस र मापदण्ड पुरा भएको खण्डमा स्पट एडमिसन समेत गर्न सकिने पौडेलले जानकारी दिनुभयो ।
शैक्षिक मेलामा विद्यार्थीलाई थप सेवा दिने उद्धेश्यले बैक ऋण सम्बन्धी परामर्श समेत दिन लागिएको छ । जसअनुसार मेलामा नवील बैंक, एसबीआई , सिद्धार्थ , माछापुच्छ्रे बैंक तथा एनएमबी बैकका स्टल समेत रहनेछन । विद्यार्थीले बैंकका प्रतिनिधिसंँगै शैक्षिक ऋणका बारेमा प्रत्यक्ष रुपमा परामर्श एवं जिज्ञासा राख्न सकिने पौडेलले बताउनु भयो ।
एकै ठाउंँमा बिद्यार्थीले अध्ययनको लागि सम्पूर्ण जानकारी पाउने भएकोले यस्ता मेलाहरु पटक पटक सस्थाले गर्दै आईरहेको छ । मेलामा सहभागी विद्यार्थीहरुलाई भाषा सम्बन्धी आइएलटिएस, टोफेल, पिटीईए कक्षामा लक्की ड्र मार्फत बिशेष छुट दिईने पौडेलले बताउनु भयो ।साथै संस्थाले सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको उहांँले जानकारी दिनुभयो । मेलामा चितवन लगायत छिमेकी जिल्लाबाट समेत गरी करीब ५सय भन्दा बढी विद्यार्थी सहभागि हुने अपेक्षा गरिएको छ । एक दिन मात्र चल्ने उक्त मेला भरतपुर गार्डेन रिसोर्टको सभा हलमा गरिदैछ । मेला बिहान बिहान १० बजे देखी अपरान्ह ४ बजे सम्म चल्ने बताइएको छ ।





